BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

पूर्वमन्त्री पुनद्वारा रोल्पा काठमाडौँ सम्पर्क समितिको कार्यालय उद्घाटन

योगेन्द्र अनुपम जि.सी.
पूर्व राज्यमन्त्री एवम् नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पनले रोल्पा काठमाडौँ सम्पर्क समितिको कार्यालयक उद्घाटन गर्नु भएको छ । समितिद्वारा काठमाडौँ स्थित सामाखुसीमा स्थापना गरिएको कार्यालयको एक कार्यक्रमको विच सभापति पुनले उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै सभापति पुनले रोल्पा कांग्रेसलाई थप बलियो र मजबुट बनाउन सम्पूर्ण युवाहरु एकजुट भएर अगाडी बढ्न आग्रह गर्नु भएको छ । रोल्पाबाट काठमाडौँ पुगेर विभिन्न पेशा तथा व्यवसाय गर्दै आउनु भएका रोल्पालीहरूलाई एकिकृत गर्दै रोल्पाको विकासमा हातेमालो गर्नु पर्नेमा सभापति पुने जोड दिनु भएको छ । उहाले सस्थाको काम कर्तव्य र अधिकार भन्दा माथी नगइ गर्न पर्ने र गर्न सक्ने काम मात्रै गर्दै पार्टीको इज्जत राख्न समेत सुझाव दिनुभयो ।
रोल्पाबाट काठमाडौमा पुगेर विभिन्न पेसा ब्यवसायका लागि बसोबास गर्दै आउनुभएकाहरुको सँग सम्पर्क र समन्वय गर्न थप सजिलो बनाउन कार्यालय खोलिएको नेपाली कांग्रेस रोल्पा काठमाडौँ सम्पर्क समितिको सभापति एवम् युवा नेता रोनी पुनले बताउनु भएको छ ।

स्थापना गरिएको कार्यालयले अब जनसम्पर्क बढाउने तथा अप्ठेरोमा परेकाहरुका लागि सहयोग गर्न थप सहज हुने सम्पर्क समितिले विश्वास लिएको छ ।

समितिका उपाध्यक्ष केसर बहादुर रावतको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमा रोल्पाका काङ्ग्रेस नेताहरु झग्गु प्रसाद घर्ती, खगेन्द्र हमाल, नेपाल महिला संघ रोल्पाकी सभापति पुस्पा श्रेष्ठ, नेपाल पत्रकार महासङ रोल्पाका उपाध्यक्ष सन्तोष शर्मा लगाएतकाले समितिलाई प्रगतिको शुभकामना दिदै भरपर्दो पुलको रुपमा काम गर्न सुझाब दिनुभयो ।
समितिका अध्यक्ष रोनि पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सुसिल केसीले गर्नुभएको हो ।

ताजा समाचार

लोकप्रिय