BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

पोखरेमा कार दुर्घटना हुंदा ४ जना घाईते

सिन्धुपाल्चोकमा कार दुर्घटना हुंदा ४ जना घाईते भएका छन् । आज बिहान चौतारा साँगाचोकगढी ११ को पोखरेमा कार दुर्घटना भएको हो ।

चौतारा बन्देउ सडकखण्डमा काठमाण्डौबाट चौतारा तर्फ आउँदै गरेको बा ४ च ५६७७ नम्बरको सुजुकि कार अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दुर्घटना हुँदा कारमा सवार जिल्ला ईन्द्रावति गाँउपालीका २ का ४२ बर्षिय बसन्त गिरि, ईन्द्रावतीकै ३१ बर्षिय प्रतिमा गिरी, कार चालक जिल्ला दोलखा भिमेश्वर नगरपालीका २ का २८ बर्षिय सोनाम तामाङ, भिमेश्वर २ कै राजेश तामाङ धाईते भएको जिल्ला प्रहरी कार्यालयका सुचाना अधिकारी शिव बुढाथोकीले जानकारी दीनुभयो ।

घाईतेमध्ये चालक सोनाम तामाङ र राजेश तामाङको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । प्रहरी टोलीले उद्धार गरी उपचारको लागि धुलिखेल अस्पताल पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

ताजा समाचार

लोकप्रिय