BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

मेलम्ची नगरपालीका वडा नम्बर ४ को उर्लेनी र ग्यामसङ्ग सडक सञ्जालमा जोडीएको छ । नेपाली कांग्रेुका युवा नेता कृष्ण कुमार तामाङ (समीर) को व्यक्तीगत सहयोगमा सो सडक बनेको हो ।

बर्षौसम्म विभिन्न राजनीतीक दलको आश्वासन पाएका सो गाँउका नागरीकले अब भने सडक सञ्जालको उपभोग गर्न पाउने भएका छन् । चुनावी प्रचारप्रसारको क्रममा नेपाली कांग्रेसका युवा नेता तथा वडा नम्बर ४ का ईकाई सभापती तथा जिल्ला कार्यसमिती सदस्य तामाङले ति बस्तीमा सडक पु¥याउने बाचा पुरा गर्नु भएको छ । साबिक थकनी ८, उर्लेनी र ग्यमसङ्ग टोलबासीको गुनासो र ईच्छा बमोजिम चुनावी प्रचारप्रसारको बेला सडक खन्ने प्रतिबद्धता अनुरुप आफुले बोलेको कुरा पुरा गरेको तामाङले बताउनुभएको छ । नेपाली कांग्रेसका युवा नेता तामाङको पहलमा यसअघी पनि वडागत रुपमा धेरै विकास निर्माणका कामहरु भएका छन् ।

काग्रेसका युवा नेता तामाङले स्थानीय संयोजनकर्ता नेपाली कांग्रेसका नेता उर्लेनीको सुख दुखको साथी जित बहादुर तामाङ्गप्रति नेपाली कांग्रेस थकनी ईकाईको तर्फबाट धन्यवाद समेत ज्ञापन गर्नुभएको छ ।

तामाङले भन्नुभयो “प्रत्येक जनताले सडक सेवा उपभोग गर्न पाउनु आधारभूत अधिकार हो” । “यस सेवाबाट बञ्चित पारिएका जनताको उद्धार गर्नु नेपाली कांग्रेस मेलम्ची नगरपालीका ४ थकनीको कर्तव्य हो” ।

युवा नेता तामाङले हेलम्बु र मेलम्चीमा आएको बाढीमा परी घरवास गुमाएका नागरीकको लागी पनि धेरै काम गर्नुभएको छ । उहाँले आफ्नै पहलमा हेलीकोप्टेर चार्टर गरी नागरीकको लागी राहत सामाग्रीका साथै औसधी लगाएतको सामानहरु उपलब्ध गराउनुभएको थियो ।

यस्तै युवा नेता तामाङले कोरोनाकालको समयमा पनि नागरीकसमक्ष आफ्नै बलीयो उपस्थीती देखाउनुभएको थियो । मुलुक कोरोनाका कारण आक्रान्त बनेको समयमा तामाङले सिन्धुपाल्चोक जिल्लाका अभिकांश ठाँउमा आफैं पुगेर मास्क ,सेनिटाइजर ,अत्यावश्यक औषधि र अक्सिजन सिलिन्डर जिल्लाभरी नै बितरण गर्नुभयको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय