
नेपाली कांग्रेसका युवा नेता मनोज कुमार तामाङले आफ्नो जन्मदीन बालबालीकासंग मनाउनुभएको छ ।
सिन्धुपाल्चोक हेलम्बुका मनोज कुमार तामाङले आफ्नो ३३औँ जन्मोत्सव गोकर्णेश्वर काठमाडौंमा रहेको नयाँ जीवन नेपालमा मनाउनुभएको हो ।
उहाँले सो केन्द्रमा अश्रय ल्एिर बसेका बाबालिकाहरुलाई आवश्यक पर्ने चामल ,दाल, नुन, तेल, चाउचाउ, बिस्कुट लगायत १५ हजार २१० रुपैयाँ बराबरको सहयोग गरेर जन्मोत्सव मनाउनुभएको होे ।
जन्मदिनको अवसरमा अन्यत्र गरिने खर्चलाई कटाएर अनाथ बालबालिकालाई सहयोग गर्न पाउँदा आफुलाई खुशि लागेको तामाङको भनाई छ । नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि समेत रहेका तामाङले आगामि दिनमा पनि यस्तै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यसअघी तामाङले कोरोनाको समयमा नागरीकको जिवन बचाउन आवश्यक सामान वितरणमा सक्रिय भई काम गर्नुभएको थियो । साथै हेलम्बु मेलम्चीमा आएको बाढीमा पनि तामाङले राहत र उद्धार कार्यमा अग्रपंतीमा रहेर ाम गर्नुभएको थियो ।


