BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

युवा पुस्तालाई लक्षित गरि तयार पारिएको आलु जस्तो लवको अफिसियल टेलर सार्वजनिक गरिएको छ ।

आज बानेश्वर थापागाँउमा एक कार्यक्रम विच टेलर सार्वजनिक गरिएको हो । टेलर सार्वजनिक कार्यक्रममा बोल्दै लेखक निर्देशन देव धिमालले आफनो मेहेनतलाई दर्शकले स्विकार्नु हुन्छ हुदैन आगामी दिनले देखाउनेछ दर्शकले दिएको ताली गाली मलाई स्विकार्य छ । यो मेरो लागि चुनौती र अवसर दुवै रुपमा लिएको छु ।

उहाले भन्नुभयो सिरिजमा सबै कलाकार युवा र नयाँ छन ,कथावस्तु पनि अहिलेको युवाहरुको प्रेममा आउने आरोह अवरोहको विषयमा छ त्यो हुदा युवापुस्ताले मन पराउने बिश्वास लिएको छु । हामीले सिरिजलाई टेलिभिजनहरु संग पनि कुराकानी गरिरहेका छौ सायद चाडैं टेलिभिजनमा पनि दर्शकले हेर्न पाउनु हुनेछ उनले भने , नयाँ कलाकारहरुको उल्लेखिय उपस्थिति रहेको यस सिरिजको मुख्य भुमिकामा दिवस नाथ, प्रियंका श्रेष्ठ ,प्रियन्सी श्रेष्ठ ,सोनियो रन्जित ,पुनम परियार ,सुमन थोप्रा लिम्बू ,भिमसेन खतिवडा ,राजकुमार शाह,विजय राज भुर्तेल,राजिव धिमाल कृष्णप्रसाद धिताल ,सविना गहतराज रोजिना गौतम अर्जुन थापा लगायतको अभिनय रहेको छ ।

विजयराज फिल्मसको सहकार्यमा निर्माण गरिएको सिरिजको छायांकन नमराज घिमिरे – प्रवेश राईले गरेका छन भने विजय राज भुर्तेल सम्पादन रहेको सिरिजको मन्जु कुमारी फुयाँल र अनिता सुवेदी धिमालको लगानी रहेको रहेको छ । टेलर आलु जस्तो लव युटुव च्यानल बाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय