ईन्द्रावतीमा शिक्षा र स्वास्थ्य नै गांउपालिकाको पहिलो प्राथमिकतामा रहेको अध्यक्ष झम्कनाथ नेपालले बताउनुभएको छ ।
बिराट नेपाल मेडिकल ट्रष्टको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि विषयमा उहाँले सो कुरा बताउनुभएको हो । कार्यक्रमको अवसरमा बोल्दै गाँउपालीका अध्यक्ष नेपालले कार्यक्रम प्रभावकारी रहेको बताउनुभएको छ । परियोजनाले पारदर्शी रूपमा गरेको कामले समुदायमा पनि सकारात्मक सन्देश जाने उहाँले बताउनुभएको छ । पालीकाका सबै वडामा कार्यक्रम लागु गर्न सकेमा यौन तथा प्रजननको विषयमा नागरीकहरु अझ सुसुचीत हुने उहाँले बताउनुभएको छ । अबको दीनमा यस्ता खाले कार्यक्रम स्वास्थ्य केन्द्रहरुसंग समन्वय गरेर जान सकेमा प्रभावकारीता बढ्ने उहाँले उल्लेख गर्नुभयो ।
परयिोजनाको समयावधि र कार्यक्षेत्र बढाएर लानुपर्नेमा उहाँले जोड दीनुभएको छ । बिएनएमटीको होराईजन परियोजना अन्र्तगत अर्धबार्षिक परीजनामा यौनिक तथा प्रजनन स्वास्थ्य सम्बन्धि प्रशिक्षक डा ः भगवान अर्यालले आफ्नो प्रश्तुतीकरणमा यौन तथा प्रजननका विषयमा कशोरकिशोरी मात्र नभई समुदायस्तरमा जनचेतनाका लागी के कस्ता काम गर्न सकिन्छ भन्ने विषयमा प्रस्ट्याउनुभएको थियो ।
ईन्द्रावति गाँउपालीकामा बालविवाहको अवस्था , न्युनिकरणका उपाएहरू के कस्ता हुन सक्छन भन्ने विषयमा कार्यक्रममा छलफल भएको थियो । समुदायस्तरमा यौन तथा प्रजनन शिक्षाको बिकास गरी त्यसलाई व्यावहारिकतामा उतार्न सके प्रभावकारी हुने सहभागीहरुले बताएका छन् । बिएनएमटीले ईन्द्रावतिका ६ वटा विद्यालयमा हाल कार्यक्रम सञ्चालन गरीरहेको छ । विद्यालयस्तरमा किशोरकिशोरिको लागि यौन तथा प्रजनन स्वास्थ्यका विषयमा तालिम दिंदै आईरहेको बिएनएमटीका जिल्ला कार्यक्रम अधिकृत सफल कुँवरले बताउनुभयो । साथै विद्यालयमा शिक्षक साथि गठन गरी किशोरकिशोरीका समस्याहरुको विषयमा निरन्तर बहस भईरहेको उहाँले जानकारी दीनुभयो ।
यसका साथै किशोरकिशोरिमैत्रि सुचना कक्षका लागि आवश्यक सामानहरू पनि आज नै विद्यालयलाई हस्तान्तरण गरीएको छ । बिएनएमटीको आँउदो जनरीसम्म मात्र समयसिमा रहेको र ईन्द्रावतीको मागलाई सम्बोधन हुनेगरी कार्यक्रमको समयसिमा थप गर्नको लागी पहल गर्ने बिएनएमटीको कार्यक्रम व्यावस्थापक सकी थापाले जानकारी दीनुभयो ।


