BREAKING
​काँग्रेस सिन्धुपाल्चोकको सिफारिस: दुवै क्षेत्रबाट प्रत्यक्षमा सभापति जंगबहादुर लामाको नाम | ​काँग्रेस सिन्धुपाल्चोकको सिफारिस: दुवै क्षेत्रबाट प्रत्यक्षमा सभापति जंगबहादुर लामाको नाम | ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा |

काठमाडौँ । राष्ट्रिय संस्थागत विद्यालय सङ्घ नेपाल (निसान) ले आयोजना गरेको पाँचौँ सामूहिक लोकनृत्य प्रतियोगिता तथा एसइई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिकाको विशेष सहयोगमा निसानले शनिवार नारायण्टारको नवीन फुलल्याण्डमा कार्यक्रम सम्पन्न गरेको हो ।

सामूहिक लोकनृत्य प्रतियोगितामा २० हजार नगद पुरस्कारसहित गोकर्णेश्वर लाइट एकेडेमी प्रथम भएको छ ।

प्रतियोगितामा जीवन तारा एकेडेमीले १५ हजार नगद पुरस्कारसहित द्वितीय स्थान हासिल गरेको छ ।

त्यस्तै १० हजार नगद पुरस्कारसहित सृजना इङ्लिस स्कुलले तृतीय स्थान हासिल गरेको छ । सान्त्वना हुनेमा चाल्स डार्बिन एकेडेमी र त्रिकोण पब्लिक स्कुल रहेका छन्  । उपत्यका बाहिरबाट प्रतियोगितामा सहभागी भई निसानको सदस्य बनेको मेलम्ची बोर्डिङ स्कुललाई निसानले सम्मान गरेको थियो । एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरूलाई पनि निसानले सम्मान तथा बधाई ज्ञापन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय