BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

ईन्द्रावती गाँउपालीकाका माध्यमीक तहका विद्यालयका किहोरीहरुले अब विललयमै सेनीटरी प्याड पाउने भएका छन् । विद्यालयमा रहेको भेण्डीङ मेसिनबाट उनीहरुले प्याड लीन सक्नेछन् ।

विराट नेपाल मेडिकल ट्रष्टद्धारा स्यानिटरी प्याड भेण्डिङ मेसिन बितरण इन्द्रावती गाउँपालिकामा विराट नेपाल मेडिकल ट्रष्टले बुधबार एक कार्यक्रमका बिच स्यानिटरी प्याड भेण्डिङ मेसिन बितरण गरेको छ ।

कार्यक्रमको अवसरमा सभाध्यक्ष तथा ईन्द्रावती गाँउपालीकाका अध्यक्षले गाँउपालीकाले स्वास्थ्यको क्षेत्रका बजेट सहीत काम गरीरहेको र दक्ष जनशक्तिबाट चुस्त सेवा दीन प्रतिबद्ध रहेको उहाँले ताउनुभएको छ । यो मेसिन विद्यालयमा वितरण गरेको मेसिनले १२ वटा विद्यालयमा महीनावारीको समयमा पनि किशोरीहरु विद्यालय नियमीत आउन सक्ने वातावरण बनेको बताउनुभयो । साथै उहाँले पालीकाभरीका ४५ वटै विद्यालयमा भेण्डीङ मेसिनको व्यावस्थ ागर्न पालीकाले पनि समन्वय गर्ने उहाँले बताउनुभइको छ ।

ट्रष्टले अहिले गाउँपालिकाको ५ वटा वडामा काम गरिरहेको र आज १३ वटा भेण्डिङ मेसिन हस्तान्तरण गरेको संस्थाका जिल्ला संयोजक सफल कुँवरले जानकारी दिनुभयो । महिनावारीको सरसफाइ र स्वच्छता व्यवस्थापन गर्नको लागी मेसिन बितरण गरिएको र प्याड प्रयोग गरेपछि व्यवस्थापनको ब्यवस्था पनि संस्थाले नै गर्ने कुँवरले बताउनुभएको छ । राष्ट्रीय आविस्कार केन्द्रले बनाएको मेसिन वितरण गरेको उहाँले बताउनुभयो ।

साथै महिनावारी एक प्राकृतिक पक्रीया भएकोले महिनावारी सम्बन्धी बिभिन्न भ्रम र गलत परम्परालाई अन्त्य गर्न यो कार्यक्रमले सहयोग पुर्याउने पनि उहाँले जानकारी दिनुभयो । आज बितरण गरिएका मेसिनमध्ये पालिका भित्र रहेका १२ माध्यामिक विद्यालयहरूका लागी एक एक वटा र एक वटा मेसिन पालिकामा रहने गाउँपालिकाले जनाएको छ ।

प्रमुख अतिथि नेपालको साथमा गाउँपालिका उपाध्यक्ष सोभाना तामाङ, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा र पालिका भित्रका सबै माध्यामिक विद्यालयका प्रतिनिधि शिक्षकहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय