गिरी एण्ड ब्रदर्श मल्टी कम्पनिले खेलाडीहरुको लागी ड्रेस सहयोग गरेको छ ।
मेलम्ची नगरपालिका वडा नम्बर ९ मा भईरहेको वडा स्तरीय भलिबल प्रतियोगितामा खेल सामाग्रि सहयोग गरेको कम्पनिमा चियरम्यान शुसान गिरीले बताउनुभयो ।
वडा स्तरीय भलिबल प्रतियोगिता श्री सातकन्या माध्यमिक विद्यालयमा भईरहेको छ । वडाभरीका खेलप्रमि तथा खेलाडीको हौसलाको लागि पनि सहयोग पुग्ने भएकाले सो सामाग्रि हस्तान्तरण गरेको चियरम्यान गिरीले बताउनुभयो । युवा व्यावसायी तथा समाजसेवि गिरी सामाजीक तथा राजनितिक क्षेत्रमा सक्रिय रहनुभएको छ । २ टीमका खेलाडी र प्रशिक्षकहरुको लागी आवश्यक ड्रेस सहयोग गरेको गिरीले बताउनुभयो ।
सामाजीक कामले मनमा आनन्द आउनुका साथै आगामि दीनमा खेलाडी तथा खेल प्रेमिहरुलाई थप हौसला दीन सकीने गिरीले बताउनुभएको छ । आफुले समाजको लागी केही सहयोग गर्न सकेमा मात्र समाजले पनि आफुलाई केही दीने गिरीले बताउनुभएको छ । वडा स्तरीय भलिबल प्रतियोगिता भोलीसम्म चल्ने छ ।


