मेलम्ची नरपालिका वडा नम्बर ९ को श्री जनता मावि ज्यामीरेका खेलाडीहरुलाई नगद प्रोत्साहन गरीएको छ ।
खेलाडीहरुको आगामि खेल जिवनमा पनि उत्साह उर्जाका लागी नगद सहयोग गरीएको वडा अध्उक्ष किरणदीप खड्काले बताउनुभएको छ । वडा अध्यक्ष खड्काले नग रु ५ हजार, सिन्धु योङ स्टार युबा क्लबका अध्यक्ष सुन बहादुर घलेले नगद रु १५ हजार, गिरि एन्ड ब्रदर कम्पनीका प्रोपाईटर सुशान्त गिरीले नगद रु ५ हजार, मेलम्ची ९ का अमृत पुरीले खेलाडीको ड्रेसका लागी नगद रु १० हजार सहयोग गर्नुभएको छ ।
मेलम्ची नगरपालिका वडा नम्बर वडा नम्बर ५ मा हेको सिद्धेश्वरी युबा क्लबको आयोजनामा भएको नगर स्तरीय पुरुष भलिबल प्रतियोगितामा श्री जनता मा.वि ज्यामिरे सान्त्वना (चौथो )स्थान हासिल गर्न सफल भएको थियो ।
बिद्यार्थीहरुलाई खेल खेल्नका निम्ति आर्थिक सहयोग गर्ने खेल प्रेमी सहयोगीले आगामि दीनको लागी अझ राम्रो खेल प्रदर्शन गरेमा निरन्तर सहयोग रहने बताएका छन् ।

