BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

हरेक कुराको परीवर्तन व्यक्तिले नै सुरु गरेको हुन्छ । यस्तै परीवर्तनको काम मेलम्ची १० का दुई युवाले सुरु गरेका छन् ।

झट्ट सुन्दा तपाईलाई अनौठो लाग्न सक्छ, तर यो कुरा व्यावहारमा नै देखीएको छ । आजभोलि जन्मदीन, अन्नप्रासन, गुन्यु चोली, ब्रतबन्ध र विवाहमा उपहार दीनु सामान्य जस्तै भईसकेको छ । तपाईले पनि उपहारमा कुनै चिज वा बस्तु दीईरहनुभएको होला, मेलम्ची १० मा पनि त्यस्तै भयो उपहार त दीईयो तर कुनै चिज, बस्तु नभई त्यो उपहार शेयरको रहेको थियो । सुन्दा तपाईलाई पनि अनौठो नै लाग्यो होला ।

समाज चेतनाको अधरमा बदल्न सकिन्छ भन्ने कुरामा दुईमत छैन् । वित्तीय साक्षरतालाई सामान्यतया बचत, लगानी र कर्जा लगायत विभिन्न पद्धतिका विषयमा जानकारी दिने शिक्षाको प्रकारको रुपमा बुझिन्छ । सचेत हुदा हुदै पनि कतिपए कामहरु गर्न सकिरहेका हुदैनौ अझ भन्दा बितिय साक्षरताको ज्ञान नै नभयको पाईन्छ ।

“हामी सामाजिक जिबन यापन गर्ने क्रममा परिबार तथा समाजको रीतिथिति÷परम्परा,सस्कृति लाई भदा या फजुल खर्चमा बढी जोड दीइरहेका हुन्छौ ।” स्थानिय रजनिश खड्काले भन्नुभयो । खड्कासंगै स्थानिय प्रविण कुमार कार्कीले पनि सो अभियानमा साथ दीनुभएको छ ।

घर वा समाजमा हुने कार्यहरुमा उपहार÷गिफ्टहरु प्रदान गर्दा पनी बितिय साक्षरता लाई ध्यानमा राक्दै जिबन उपयोगी भबिस्य केन्द्रीत लगानी तर्फ जोड दिने हेतूले आफ्नी भतिजी अदिती खड्काको गुनुचोलिमा मेलम्ची नगरपालीका वडा नम्बर १० दुई युबा रजनिश खड्का र प्रविण कुमार कार्कीले छोरी लाई शेयर किनिदिनु भएको हो ।

सानो उमेरदेखि नै, वचत गराउने, भएको पैसाको सदुपयोग गर्ने, अनावश्यक क्षेत्रमा लगानीकम गर्ने, कर्जा लिंदा कर्जाको उपयोगिताको बारेमा सिकाउने, ऋण नतिर्दाको असर, त्यसको बारेमा ज्ञान सचेत गराउन यो अभियान सुरु गरेको कार्कीले बताउनुभएको छ । यसमा बैंकिङ क्षेत्रमा नभएर सबै क्षेत्र उत्तिकै लागिसकेपछि मात्र राम्रो नतिजा आउने उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय