मेलम्चीका व्यावसायी मनोज अधिकारीमाथि दीन दाहडै हातपात भएको छ । बिना कारण आज बिहान करीव ९ बजेको समयमा कफी लयमा प्रकाश श्रेष्ठले अधिकारीमाथी हातपात गरेका हुन् ।
आफ्नो दैनिक कामको शिलशिलामा सो होटल पुग्दा एक्कासि पाँचपोखरी थाङपाल गाँउपालिका वडा नम्बर ४ घर भएका प्रकाश श्रेष्ठले मनोज अधिकारी हातपात गरेका हुन । अधिकारीले बाईक नरोकेको भन्दै आफुमाथी हातपात भएको बताएका छन् । उनले मोटरसाईकलमा आगो लगानुका साथै मेलम्चीबाटै खेद्ने धम्कि दीएका छन् । हातपात गर्नुका साथै एमाले निकट श्रेष्ठले अधिकारीको ज्यान मार्ने धम्कि दीएका छन् ।
व्यावसाय माथी नै धावा बोल्नुका साथै श्रेष्ठ यतिबेला फरार रहेको पाईएको छ । “हिजो बिहिवार म बाइकमा सवार गर्दै थिएँ ओइ खा ते बाइक रोक भनेर भन्नुभयो, पानी परेकोले बाइक रोक्न सकिन, बाइकको पछाडी नराखेको निउँमा मलाइ आज हिजो किन बाइकमा नचढाएको ओइ खा ते भनेर ज्यान मार्ने हिसावले लछार पछार पारीएको छ । ढाड धेरै दुखेको छ , बाहीर चोट नदेखीए पनि भित्र धेरै दुखेको छ”, अधिकारीले भने ।
सिसि क्यामेरामा कैद भएको भिडियोमा उनले मुम्कामुक्की गर्दै कुनामा लाँदै गरेको देखीन्छ । नेकपा एमालेको युवा संधका सदस्य श्रेष्ठ विगतका दीनमा पनि गुण्डागर्दी पृष्ठभूमिका हुन् । उनि पनि मेलम्चीमा व्यावसाय गर्दै आएका छन् । यो घटनाले मेलम्चीका व्यापारीहरु त्रसित भएका छन् ।
हेर्नुहोस भिडियो ।

