BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

बडाचौर, रोल्पा
नेपाली काग्रेस रोल्पाको आयोजनामा चलिरहेको पालीकास्तरीय प्रशिक्षण तथा सङ्गठन सुदृढीकरण अभियान लुङ्ग्री गाउँपालिकाको किलाचौरमा सम्पन्न भएको छ । नेपाली कांग्रेस रोल्पाको अभियान, गाउँगाउँमा सवल र वैचारिक संगठनको निर्माण भन्ने मुलनाराका साथ रुन्टीगढी गाउँपालीकाबाट सुरु भएको अभियान आज किलाचौरमा सम्पन्न भएको हो । पार्टीको नीति, सिद्धान्त, आगामी कार्यक्रम र विचारका बारेमा पार्टीका नेता तथा कार्यकर्ता प्रशिक्षित गर्न अभियान चलाइएको कांग्रेस रोल्पाले जनाएको छ । नेपाली कांग्रेस रोल्पाका जिल्ला सभापति, संविधानसभा सदस्य एव पूर्व राज्यमन्त्री अमरसिह पुनमगरको सभापतित्व एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख प्रशिक्षक समेत रहनु भएका पाण्डेले संविधान कार्यनयन र लोकतन्त्रको रक्षा कांग्रेसले मात्र गर्न सक्ने बताउनु भयो । देशको लागि केही गर्ने उपयुक्त समय यहि भएकोले नेतृत्वले सोचबुजका अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रमको विशिष्ट अतिथिमा पूर्व राज्यमन्त्री सुरेन्द्र हमाल रहनु भएको थियो भने अन्य अतिथिहरूमा संविधानसभा सदस्य रामहरि खतिवडा, योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेल, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षक प्रतिष्ठानका सदस्य द्वय राजु नेपाल र छन्दबहादुर पहराई, नेपाली कांग्रेसका पूर्व सभापति माधवप्रसाद आचार्य, नेविसंघका पूर्व महामन्त्री मनोजमणी आचार्य, कांग्रेस राप्ती अञ्चल सदस्य टेकबहादुर बस्नेत, प्रदेश सभा क का प्रत्यासी उम्मेदवार एवम् जिल्ला सचिव शेरबहादुर महरा, प्रदेश सभा ख का उम्मेदवार खगेन्द्रप्रकाश हमाल, लुङ्ग्री गापाका प्रमुख दुर्गाबहादुर खड्का, उपप्रमुख भिमकला बुढाथोकी, नेपाल महिला संघकी केन्द्रिय सदस्य मिश्री हमाल, महिला संघकी जिल्ला अध्यक्ष पुष्पा श्रेष्ठ, तरूण दल रोल्पाका अध्यक्ष तिलबहादुर बुढाथोकी, नेविसंघ रोल्पाका अध्यक्ष शेरबहादुर थापा, नेपाली कांग्रेस रुन्टिगढीका सभापति जनक पुन, रुन्टिगढी गाउँ कार्यपालिका सदस्य धनबहादुर रसाइली लगायत जिल्लाका अन्य नेताहरुको उपस्थिती रहेको थियो । यसै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौं युवाहरू काङ्ग्रेस प्रवेश गरेका छन । नेपाली काग्रेस लुङ्ग्री गाउँपालिकाका सभापति किमबहादुर विष्टको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा गाउँपालीकाका करिब ५०० जना स्थानीय नेता तथा अगुवा कार्यकर्ता सहभागी थिए भने कार्यक्रमको सन्चालन नेपाली कांग्रेस रोल्पाका उपसभापति किशोर कुमार आचार्यले गर्नु भएको थियो ।
अब कहाँ कहाँ बाकी ?
रुन्टीगढीबाट सुरु भएको अभियान १० दिनसम्म चल्ने पार्टी सभापति पुनले जानकारी दिनुभयो । जस अनुसार अब २ वटा पालिकामा बाकी रहेको पुनले बताउनु भयो । भोलि २७ गते सुनिलस्मृती गाउँपालिकाको सुलिचौर र २८ गते माडि गाउँपालिकाको घर्तिगाउँमा हुने वताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय