BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |
मेलम्ची नगरपालिका वडा नम्बर १० ले घरघरमै गएर सामाजिक शुरक्षा भत्ता वितरण सुरु गरेको छ । वडा वासि नागरीकको सहजतालाई मध्यनजर गर्दै भत्ता वितरण सुरु गरेको वडा अध्यक्ष अमृत खनालले बताउनुभयो । निर्वाचनमा खुट्टामा पैशा राखेर ढाेगर भाईरल बनेका वडा अध्यक्ष खनालले धरमै पुगेर भत्ता वितरण गर्नुभएकाे हाे ।

पहीला बैंकसम्म जाँदा धेरै हैरानि र सास्ति व्यहोर्नु परेको स्थानिय धनकुमारी पराजुलिले बताउनुभयो । अहिले वडाले घरमा नै आएर भत्ता दिदाँ खुसि लागेको उहाँले बताउनुभयो । वडाले बैंकसंग सहकार्य गरेर शाखा रहीत बैंक सेवा सुरु गरेपछी नागरीकमा यस्तो खुसि आएको हो ।

बैंक आफैं जाने वा बैंकले तोकेको अभिकर्ता मार्फत यो सेवा लिन सकिने छ । यसो गर्दा नागरीकलाई सहज हुने र बैंकमा पनि चाप घट्ने वडा अध्यक्ष अमृत खनालले बताउनुभयो । बैंकमा गएर पनि लाईन बस्नुपर्ने समस्याले नागरीकहरु हैरानि खेपिरहेका छन् । बिहान जाँदा बेलुकासम्म लाग्ने र सास्ती पनि हुने स्थानिय लिलाकुमारी अधिकारीले बताउनुभयो । पहीला छोरानातीको सहयोग लिनुपर्ने तर अहीले आफ्नै हातमा आईपुगेको उहाँले बताउनुभयो ।

वडा तहको सरकारले गरेको पहले आफुलाई सहज भएको स्थानिय यज्ञ बहादुर पराजुलिले बताउनुभयो । पुर्ण अपाङ्गता परीचयपत्र हुनुभएका पराजुलिलाई बैंकसम्म जान पनि समस्या हुने गरेको थियो । अहलिे घरमै पुगेर भत्ता पाँउदा गर्व लागेको उहाँले बताउनुभयो । पहीला अरुको सहाना विना भत्ता प्राप्त नहुनेमा अहीले आफ्नै घरमा आफ्नै हातमा भत्ता आईपुगेको उहाँले बताउनुभएको छ ।लक्ष्मी बैङ्कको बैङ्किङ प्रणालीबाट वडा नम्बर १० का लागि अभिकर्ताको रुपमा कार्की किराना पसललाई सहजिकरणको जिम्मा दिईएको छ । घरमा पुगेर वितरण गरीसकेपछी बैंकले अभिकर्ताका् खातामा पैशा जम्मा गरीदीने अभिकर्ता दीपेन्द्र कार्कीले बताउनुभयो ।

वडाले पहल गरीसकेपछी बैंकले गरेको सहजीकरणले वडा नम्बर १० का नागरीक लाभान्वित भएका छन् । वडाभरीका सामाजिक शुरक्षा भत्ताा लिनेहरुमा खुसी छाएको वडा अध्यक्ष खनालले बताउनुभयो । यो कामले आफुमा पनि आत्मसन्तुष्टी भएको उहाँले बताउनुभयो । बैंकसम्म जाँदा असहज भएको र दुख देख्न नसकेर यो कामको सुरुवात गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय