BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |
मेलम्ची नगरपालिका वडा नम्बर १० ले घरघरमै गएर सामाजिक शुरक्षा भत्ता वितरण सुरु गरेको छ । वडा वासि नागरीकको सहजतालाई मध्यनजर गर्दै भत्ता वितरण सुरु गरेको वडा अध्यक्ष अमृत खनालले बताउनुभयो । निर्वाचनमा खुट्टामा पैशा राखेर ढाेगर भाईरल बनेका वडा अध्यक्ष खनालले धरमै पुगेर भत्ता वितरण गर्नुभएकाे हाे ।

पहीला बैंकसम्म जाँदा धेरै हैरानि र सास्ति व्यहोर्नु परेको स्थानिय धनकुमारी पराजुलिले बताउनुभयो । अहिले वडाले घरमा नै आएर भत्ता दिदाँ खुसि लागेको उहाँले बताउनुभयो । वडाले बैंकसंग सहकार्य गरेर शाखा रहीत बैंक सेवा सुरु गरेपछी नागरीकमा यस्तो खुसि आएको हो ।

बैंक आफैं जाने वा बैंकले तोकेको अभिकर्ता मार्फत यो सेवा लिन सकिने छ । यसो गर्दा नागरीकलाई सहज हुने र बैंकमा पनि चाप घट्ने वडा अध्यक्ष अमृत खनालले बताउनुभयो । बैंकमा गएर पनि लाईन बस्नुपर्ने समस्याले नागरीकहरु हैरानि खेपिरहेका छन् । बिहान जाँदा बेलुकासम्म लाग्ने र सास्ती पनि हुने स्थानिय लिलाकुमारी अधिकारीले बताउनुभयो । पहीला छोरानातीको सहयोग लिनुपर्ने तर अहीले आफ्नै हातमा आईपुगेको उहाँले बताउनुभयो ।

वडा तहको सरकारले गरेको पहले आफुलाई सहज भएको स्थानिय यज्ञ बहादुर पराजुलिले बताउनुभयो । पुर्ण अपाङ्गता परीचयपत्र हुनुभएका पराजुलिलाई बैंकसम्म जान पनि समस्या हुने गरेको थियो । अहलिे घरमै पुगेर भत्ता पाँउदा गर्व लागेको उहाँले बताउनुभयो । पहीला अरुको सहाना विना भत्ता प्राप्त नहुनेमा अहीले आफ्नै घरमा आफ्नै हातमा भत्ता आईपुगेको उहाँले बताउनुभएको छ ।लक्ष्मी बैङ्कको बैङ्किङ प्रणालीबाट वडा नम्बर १० का लागि अभिकर्ताको रुपमा कार्की किराना पसललाई सहजिकरणको जिम्मा दिईएको छ । घरमा पुगेर वितरण गरीसकेपछी बैंकले अभिकर्ताका् खातामा पैशा जम्मा गरीदीने अभिकर्ता दीपेन्द्र कार्कीले बताउनुभयो ।

वडाले पहल गरीसकेपछी बैंकले गरेको सहजीकरणले वडा नम्बर १० का नागरीक लाभान्वित भएका छन् । वडाभरीका सामाजिक शुरक्षा भत्ताा लिनेहरुमा खुसी छाएको वडा अध्यक्ष खनालले बताउनुभयो । यो कामले आफुमा पनि आत्मसन्तुष्टी भएको उहाँले बताउनुभयो । बैंकसम्म जाँदा असहज भएको र दुख देख्न नसकेर यो कामको सुरुवात गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय