BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

२०७८ असार १ मा गएको बाढीका कारण मेलम्ची तथा ईन्द्रावती नदिमा रहेका दर्जनौं पुलहरुमा क्षति पुगेको थियो । बाढी गएको दुई बर्ष पुरा भईसक्दा अहीलेसम्म दुईवटा बेलिब्रिज निर्माण भईसकेको छ ।

हेलम्बुको रातोपुल रहेको स्थानमा र मेलम्ची बजारमा बेलिब्रिज बनाउन मोहन बहादुर बस्तेतले नेतृत्व गर्नुभएको थियो । यी दुई ठाँउमा बेलिब्रिजहरु बनिसकेका छन् भने केही बनाउने तयारी भईरहेको छ ।

यसै सन्दर्भमा मेलम्ची नगरपालिका वडा नम्बर ६ र ७ र हेलम्बु ३ समेत जोडने गरी पुल बनाउन यसै क्षेत्रका सांसद तथा स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतलाई स्थलगत अध्ययन प्रतिवेदन बुझाईएको छ । बागमति प्रदेशसभा सदस्य कृष्णकुमार तामाङको अगुवाईमा स्थानिय नेताहरु राशरण गिरीको नेतृत्वमा ह्योल्मो सिन्धु सामाजिक उत्थान कार्यक्रम संचालन समितिका केन्द्रिय अध्यक्ष उपेन्द्र तामाङ, नेपालि कांग्रेस मेलम्ची ७ का ईकाई सभापति दीप तामाङ, ईश्वरलाल श्रेष्ठको सहभागितामा आज मेलम्ची खोला तालामाराङ्ग बृज स्थलगत अध्ययन प्रतिवेदन बुझाईएको हो ।


कृषि,धार्मिक, सांस्कृतिक पर्यटनमा टेवा पुग्ने बहुउपयोगी बहुसंख्यक जनताको आवश्यकता पुरा हुनसक्ने नेपाली कांग्रेस मेलम्ची नगर उपसभापति रामशरण गिरीले जानकारी दिनुभयो । सो ठाँउमा पुल बन्दा मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरीकले सो पुलको उपभोग गर्न सक्नेछन् ।
सो स्थानमा ४० मिटर अर्थात १२० फिट लम्बाई रहेको प्रतिवेदनमा खुलाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय