BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

 

मेलम्ची, सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा नेपाली कांग्रेसप्रति युवाहरूको आकर्षण ह्वात्तै बढेको छ। पछिल्लो समय कांग्रेसले लिएको युवामैत्री नीति र विकास केन्द्रित एजेन्डाका कारण स्थानीय तहमा पार्टीको ‘क्रेज’ चुलिँदै गएको हो।

यसै क्रममा, मेलम्ची नगरपालिका वडा नं. ९ र १३ मा आयोजित चुनावी प्रचार-प्रसार तथा संगठन सुदृढीकरण अभियानका क्रममा दुई दर्जन प्रभावशाली युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। स्थानीय युवा नेताद्वय विजय स्याङबो र अमृत खनालको विशेष सक्रियता र पहलमा ती युवाहरूलाई पार्टीमा भित्र्याइएको हो।

विगत लामो समयदेखि अन्य राजनीतिक दलमा आबद्ध तथा स्वतन्त्र रहेका युवाहरूलाई स्याङबो र खनालले कांग्रेसको सिद्धान्त र वर्तमान आवश्यकताका बारेमा प्रस्ट पारेपछि उनीहरू संगठित भएका हुन्। नवप्रवेशी युवाहरूलाई “जय नेपाल” को नाराका साथ खादा र माला लगाएर भव्य स्वागत गरिएको थियो। नेपाली काँग्रेसका क्षाेत्रिय सचिव बिष्णु प्रसाद घाेरासैनी र नेपाल तरुण दलका अध्यक्ष अनिल कुमार स्याङ्बाेले नव प्रवेशीहरुलाइ स्वागत गर्नुभएकाे हाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै पहलकर्ता युवा नेता अनिल कुमार स्याङ्बाेले भन्नुभयाे, “आज मेलम्ची ९ र १३ का दुई दर्जन साथीहरू हाम्रो अभियानमा जोडिनुभएको छ। यो विजय स्याङबो र अमृत खनालको मात्र सफलता नभई नेपाली कांग्रेसको बढ्दो लोकप्रियताको प्रमाण हो। युवाहरूको यो साथले मेलम्चीमा कांग्रेसलाई पहिलो शक्ति बनाउन थप ऊर्जा प्रदान गरेको छ।”

पछिल्लो समय देशभर नै पुराना पार्टीहरूमा रूपान्तरणको बहस चलिरहँदा मेलम्चीमा देखिएको यो लहरले स्थानीय राजनीतिमा नयाँ तरंग ल्याएको छ। नवप्रवेशी युवाहरूले पनि पार्टीको सुदृढीकरण र स्थानीय समस्या समाधानमा आफूहरू इमानदार भएर लाग्ने प्रतिबद्धता जनाएका छन्। यसले पनि नेपालि काँग्रेसका उम्मेदवार वंशलाल तामाङकाे जित सुनिस्चित बन्दै गइरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय