BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

इन्द्रावती गाउँपालिकाको शिक्षा शाखाले गरेको कार्य सम्पादनप्रती पालिकाका जनप्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् । इन्द्रावती गाउँपालिकाको आर्थीक बर्ष २०८०र८१ को बार्षिक समिक्षा कार्यक्रममा शाखाले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन पछि जनप्रतिनिधिहरुले असन्तुष्टि जनाएका हुन् ।

शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मिन बहादुर धामिले प्रश्तुत गर्नुभएको प्रतिवेदनमा वडा नम्बर ८ का वडा अध्यक्ष डिल बहादुर श्रेष्ठले ६ महिना सम्म शिक्षक विद्यालयमा नपठाएको प्रति आपत्ति जनाउनुभएको हो । उहाँले खरो शैलीमा आफ्नो भनाइ राख्दै शाखा प्रमुखको मर्जीमा शिक्षक सरुवा र दरबन्दी मिलानको नाममा शिक्षक अभाव भएकोले विद्यार्थीको पठनपाठनमा समस्या भईरहेको बताउनुभयो । तत्काल शिक्षक पदपूर्ति गरी बालबालिकाको पठनपाठनमा सहजा ल्याउन वडा अध्यक्ष श्रेष्ठले माग गर्नुभयो ।

त्यस्तै वडा नम्बर ६ का अध्यक्ष इन्द्र बहादुर तामाङले शिक्षामा पालिकाले ठुलो मात्रामा लगानी गरेपनि पुरानै शैलीमा पठनपाठन हुने गरेकाले शिक्षामा सुधार हुनेमा बिश्वास गर्ने ठाउँ नभएको बताउनुभयो । उहाँले विद्यालयको मर्ज भएपछि विद्यालयको सम्पत्ति बेवारिसे भएको भन्दै त्यसमा पालिकाको ध्यानाकर्षण गराउनु भएको हो । अध्यक्ष तामाङले वडाका जनप्रतिनिधिलाई पुर्ण अधिकार दिएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयमा प्रभावकारी अनुगमन हुनुपर्नेमा पनि जोड दिनुभयो ।

गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले मर्जरमा रहेका विद्यालयको सम्पत्ति बारे पालिकाले चासो दिनुपर्ने बताउनुभयो । अध्यक्ष आचार्यले शैक्षिक सामग्री खरिद गर्दा कुन प्रक्रियाबाट कुन प्रणालीबाट हुने गरेको छ भन्दै खरिद प्रक्रियाका बारेमा अनियमितताको आशंका व्यक्त गर्नुभएको छ ।

प्रश्न तथा जिज्ञासाको जवाफ दिदै प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलालले शिक्षक पदपूर्तिको बिषयलाई तत्काल शिक्षा समितीको बैठक बसेर टुंगो लगाउने बताउनुभयो । दुलालले कानुनी रुपमा मुचुल्का बनाएर सम्पत्ति हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षामा सुधार ल्याउनका लागी निर्मम हुनुपर्ने बेला आएको बताउनुभयो । विद्यालयमा कमजोर नतिजा आएकाले अब निर्मम हुनुपर्ने बेला आएको उहाँको भनाइ थियो । उहाँले शिक्षा समितिले सुधारको लागी निर्णय गरेमा २४ घण्टा भित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

शिक्षा युवा तथा खेलकुद शाखामा आर्थिक बर्षमा बिनियोजन भएको कुल २४ करोड २५ लाख ७२ हजारमा २२ करोड ७४ लाख ९६ हजार गरि कुल बजेटको ९३ प्रतिशत बजेट खर्च भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय