BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

सिन्धुपाल्चोक

चुनावी अभियानको क्रममा जनताको घरदैलोमा पुग्नुलाई नेपाली कांग्रेसले केवल कार्यक्रम मात्र नभई ‘आत्मीयताको नवीकरण’ का रूपमा लिएको छ। यसै सिलसिलामा सिन्धुपाल्चोक क्षेत्र नं. २ का उम्मेदवार वंशलाल तामाङको चुनावी अभियानले हेलम्बु-७, पातिङमा उत्साहजनक मोड लिएको छ।

हेलम्बु ५ पातिङमा आयोजित विशेष भेटघाट तथा छलफल कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौँ नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि कांग्रेसको नीति, निष्ठा र सिद्धान्त नै निर्विकल्प रहेको भन्दै उनीहरूले वंशलाल तामाङलाई विजयी गराउने संकल्प सहित पार्टी प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री माननीय कृष्णकुमार तामाङ (समीर), हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, नेपाली कांग्रेस जिल्ला सचिव रमेशराज भण्डारी लगायतका शीर्ष नेताहरूले टीका र खादा लगाएर स्वागत गर्नुभयो।

कार्यक्रममा बोल्दै नेताहरूले जनताको यो अपूर्व प्रेम र समर्थन नै आगामी निर्वाचनको जितको आधार भएको बताएका छन्। जनताका सानाभन्दा साना समस्या सुन्न र तिनलाई समाधान गर्न आफू सधैँ तत्पर रहेको बताउँदै पातिङवासीको यो विश्वासलाई विकासको लहरमा बदल्ने प्रतिबद्धता गरेका छन् । बागमती प्रदेशका मन्त्री कृष्णकुमार तामाङ (समीर) ले जिल्लाको विकासका लागि केन्द्र र प्रदेशको समन्वय आवश्यक रहेको र त्यसका लागि वंशलाल तामाङको नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्नुभयो। त्यस्तै, हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय तहमा भएका विकासका कामलाई थप उचाइमा पुर्‍याउन ‘रुख’ चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो। आज हेलम्बु-७, पातिङमा देखिएको यो आत्मीयताले प्रष्ट पारेको छ— सिन्धुपाल्चोक क्षेत्र नं. २ ले परिवर्तन र समृद्धि रोजिसकेको छ। मन्त्री कृष्णकुमार तामाङ (समीर) , हेलम्बु अध्यक्ष निमा ग्याल्जेन शेर्पा  लगायतका नेताहरूको उपस्थितिमा भएको यो भव्य कार्यक्रमले वंशलालकाे विजय अभियानलाई थप ऊर्जा दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय