BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

सिन्धुपाल्चोक,

आउँदो फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसबाट वंशलाल तामाङ चुनावी स्पार्धामा हुनुहुन्छ । सिन्धुपाल्चोक क्षेत्र नं २ बाट चुनावी प्स्परतिर्धामा होमिएका उहाँसँग १८ प्रतिष्पर्धि छन् । तर चनावि माहोलले तामाङलाई जित नजिक पुगेको मतदाताहरुको भनाइ छ ।

कांग्रेसको संगठनलाई बलियो बनाउँदै घरदैलो अभियान, मतदाता अभिमुखीकरण तथा जनसम्पर्कलाई तीव्र पार्ने लक्ष्यसहित निर्वाचनमा होमिएको कांग्रेसले स्पष्ट पारेको छ ।

वंशलालले १७ माघबाट घरदैलो अभियाननलाई तीव्रता दिनुभएकाे हाे । उहाँँसँगै प्रदेश मन्त्री कृष्णकुमार तामाङ, पूर्व मन्त्री विष्णुविक्रम थापा, पूर्व प्रदेश मन्त्री निमा लामा, क्षेत्रीय सभापति आइतमान तामाङ, नेता भूपेन्द्र थापा, भरत खड्का, निराजन चाैलागाई लगायतका नेताहरु अहिले साथमै छन् ।

साथै उहाँसँग पालिका कमिटिका पदाधिकारी, इकाई कमिटीका पदाधिकारी, विभिन्न भ्रातृ तथा सुभेच्छुक संस्थाका पदाधिकारीलगायत सदस्य र शुभचिन्तकहरु रहेका छन् ।
उहाँसँगै अहिले मतदाता साथमै घरदैलाेमा साथ दिईरहेका छन् ।

कांग्रेसको ग्राउण्ड मत र वंशलालको पपुलर मतले उहाँलाई जित नजिक लगेको हो । वंशलाल इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष रहँदा गरेका कामकाे अहिले प्रशंशा भईरहेकाे छ। इन्द्रावतीमा गरेका विकास निर्माण,लगायत अन्य कामले मतदाता अहिले उहाँतिर उर्लिएकाे छ । उहाँले जनताका लागि गरेको विकासकै कारण अबको संघीय निर्वाचनमा जिताउन लागि परेको मेलम्चीका मतदाता विकास श्रेष्ठले बताउनुभयाे। उसो त इन्द्रावतीकै सपना लामा पनि वंशलालले गाउँपालिकामा गरेको कामको प्रशंसा गर्गदै यसपालि मत दिने बचाउनुहुन्र्छिछ । उहाँ कांग्रेस हैन् तर यसपालिल वंशलालको कामबाट प्रभावित भएर अहिले भने कांग्रेसमा मत दिने उहाँले बताउनुभयाे ।

प्रारम्भिक माहोलअनुसार सिन्धुपाल्चोक–२ मा पुरानै दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । २०७९ को निर्वाचनमा कांग्रेसका मोहनबहादुर बस्नेत जितेको यो क्षेत्रमा अहिले कुल १८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

कांग्रेसबाट इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष वंशलाल तामाङ कांग्रेसबाट चुनावी मैदानमा हुनुहुन्छ । एमालेले केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई उम्मेदवारमा निरन्तता दिएको छ । नेकपाले युवराज दुलाल ‘शरद’ चुनावी दौडमा उतारेको छ भने, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट झलककुमार श्रेष्ठ ‘अजय’ उम्मेदवार हुनुहुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट गोपीकृष्ण चौलागाईँ उम्मेदवार हुनुहुन्छ ।

पहिले कानुन मन्त्रीसमेत बनिसक्नुभएका एमाले उम्मेदवार तामाङसँग सिन्धुपाल्चोकमा जित/हार दुवैको अनुभव छ । उहाँले २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गर्नुभएकाे थियाे ।

०७४ मा कांग्रेस समेतको समर्थन पाएका राप्रपाका पुराना नेता पशुपतिशमशेर राणालाई पराजित गर्दै तामाङ विजयी हुनुभएकाे हाे । त्यो बेला उहाँलाई तत्कालीन नेकपा माओवादी केन्द्रको पनि साथ थियो । पछि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रसमेत पाँच दलीय गठबन्धनको सहयोगमा कांग्रेस नेता मोहनबहादुर बस्नेतले तामाङलाई पराजित गर्नुभएकाे हाे । बस्नेतले ३९ हजार ३६७ मत ल्याएर जित निकाल्दा तामाङले २७ हजार २४१ मतमा रोकिनु परेकाे थियाे । तामाङ पहिलो पटक २०६४ को संविधानसभा निर्वाचनमा पनि चुनावी मैदानमा हुनुहुन्थ्याे । पहिलो चुनावले उहाँलाई हारको स्वाद दिएको थियो ।

कांग्रेसका लागि गत निर्वाचन जितेको साख जोगाउने जिम्मेवारी अहिले वंशलाल तामाङको काँधमा आएको छ । २०७४ मा अमेरिका बसाइँ छाडेर स्वदेश फर्किएर  सोही वर्ष इन्द्रावती गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेर जित्न
सफल हुनुभएकाे थियाे । वंशलाल गाउँपालिका अध्यक्ष हुँदा उहाँ गाउँपालिका राष्ट्रिय महासंघको महासचिव पनि बन्नुभ एकाे थियाे । वंशलालसँग नेपाल विद्यार्थी संघमा जिल्ला अध्यक्ष, कांग्रेस जिल्ला कार्यसमिति सदस्य हुँदै जिल्ला सचिवसम्म बनेको अनुभव पनि छ । वंशलालले नातावाद, कृपावाद, भ्रष्टाचार र अनैतिक अभ्यासको अन्त्य गर्दै राजनीतिलाई शुद्ध समाजसेवाका रूपमा अघि बढाउने भन्दै भोट मागिरहनुभएकाे छ । आर्थिक र शैक्षिक रूपमा सशक्त समाज निर्माण गर्ने एजेन्डा उहाँले अघि सार्नुभएकाे छ  ।कांग्रेसको बलियो संगठन, जनताको अपेक्षाअनुसार परिवर्तन भएको दल र आफ्नो विगतका कामका कारण आफू निर्वाचित हुने उहाँले दाबी गरिरहनुभएकाे छ ।

यो क्षेत्रमा नेशनल मंगोल अर्गनाइजेसनबाट कर्णवीर स्याँबु लामा, आम जनता पार्टीबाट गणेशबहादुर श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दावा छिरिङ शेर्पा, श्रम संस्कृति पार्टीबाट भानु श्रेष्ठ, मितेरी पार्टी नेपालबाट महेश कुँवर, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट मिङमर तामाङ, नेपाल मजदुर किसान पार्टीबाट म्हेन्दो तामाङ, उज्यालो नेपाल पार्टीबाट राम सिंह तामाङ, नागरिक सर्वोच्चता पार्टी नेपालबाट शेरबहादुर तामाङ, नेकपा(माओवादी)बाट सोनाम लामा उम्मेदवार हुनुहुन्छ । सुन्दर अधिकारी, विजु श्रेष्ठ र दीपक ढकालले स्वतन्त्र उम्मेदवारी दिनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय