BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

सिन्धुपाल्चोककोे मेलम्चीे स्थित मेलम्ची नदि किनारमा आज बुधबार बाढी र पहिरोको कृत्रिम घटना अभ्यास गरिएको छ । कालिजंग गण मेलम्ची गुल्मको आयोजनामा मेलम्ची नदि किनारमा बाढी र पहिरोको कृत्रिम अभ्यास सम्पन्न भएको हो ।

बाढी र पहिरोका बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास गरिएको नेपाली सेनाको २६ बाहिनी अड्डाको बाहिनी पति सहायक रथी ज्योतेन्द्र महतले जानकारी दिनुभयो । अभ्यासका क्रममा मेलम्चीमा पौडी खेल्दै गरेका १ ब्यक्तीलाई नदीले बगाउँछ । उनलार्ई जिउँदै उद्दार गरिन्छ । त्यसैलाई कसरी बचाउने भन्ने विषयमा बाढीले बगाएका व्यक्तीको उद्धार गरी जनधनको क्षति रोक्न सुरक्षा निकाय परिचालित कसरी गर्ने, सुरक्षा फौजको गोताखोर टोलीले डुङ्गामार्फत डुबेकालाई कसरी निकाल्ने, बाहिर निकालेर प्राथमिक उपचार कसरी गर्ने तथा अस्पताल सम्म कसरी पठाउने विषयमा अभ्यास गरेको थियो । घटना अभ्यासमा पहिरोले घरमा फसेकाहरुको डोरीको साहायताले गरिने उद्धार, घरमा फसेकाहरुको एक स्थानबाट कसरी उद्धार गर्ने भन्ने देखाइएको थियो ।

No description available.
उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनर्ताजगीका लागि खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ यस वर्ष पनि बाढी र पहिरोको कृत्रिम घटना अभ्यास गरिएको कालिजंग गणको गणपति मिलन थापाले बताउनुभयो ।

कार्यक्रममा उद्धार सामग्रीहरुको प्रर्दशनी गरिएको थियो । कृत्रिम घटना अभ्यासमा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धिताल ,मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलाल, ससस्त्र प्रहरी बेश क्याम्प मेलम्चीका प्रमुख अरुण विक्रम बस्नेत, इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक उत्तमसिहं भण्डारी, अन्य जनप्रतिनिधि ,शिक्षक,विद्यार्थी , राजनितिक दलका प्रतिनिधि लगायत स्थानियको सहभागिता रहेको कालिजंग गण मेलम्चीका गुल्मपती ढलक बहादुर मोक्तानले जानकारी दिनुभयो ।

अभ्यास कार्यक्रम पछि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले यस्ता कार्यक्रमले विपद्का बेला कसरी कामगर्ने र जनशक्ति कसरी परिचालन गर्नुपर्छ भन्ने सन्देश दिएको बताउनुभयो । उहाँले यस्ताखाले तालिम स्थानिय र जनप्रतिनिधिलाई समेत आवश्यक पर्ने बताउनुभएको थियो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय