BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

बलिउड सुपरस्टार सलमान खानको आगामी फिल्म ‘कभी ईद कभी दिवाली’मा दक्षिण भारतीय अभिनेता राम चरण देखिने भएका छन् ।

भारतीय सञ्चार माध्यम इ टाइम्सका अनुसार यस फिल्मको गीतमा राम चरण क्यामियो भूमिकामा देखिनेछन् ।

यस फिल्मलाई फरहाद सम्जीले निर्देशन गरेको हुन् । सलमानले राम चरणलाई भेटेर उक्त गीतमा क्यामियो लागि अफर गरेका थिए ।

सलमान र राम चरणसँगै फिल्ममा पूजा हेगडे, शहनाज गिल, वेन्कटेश, जस्सी गिल, पलक तिवारी र राधव जुयालको लगायत कलाकारको अभिनय रहेको छ । सलमानको राम चरण र उनका बुबा चिरञ्जीवीसँग राम्रो सम्बन्ध रहँदै आएको छ ।

चिरञ्जीवीको आगामी फिल्म ‘गड फादर’ मा सलमान पनि क्यामियो भूमिकामा देखिने भएका छन् । फिल्मको अहिले हैदरवादमा सुटिङ चलिरहेको छ । २५ दिनको सेड्युल बनाएका सलमानले त्यहाँ एउटा भव्य गीत समेत छायांकन गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय