BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले यथास्थितिमा मेलम्चीको पानी राजधानी लैजान नदिने चेतावनी दिनुभएको छ ।

बाढीले क्षत विक्षत् भएको हेलम्बुलाई बेवास्ता गरी हेलम्बुको पानी मात्रै लैजाने सरकारी योजनालाई पूरा हुन नदिने अध्यक्ष शेर्पाले बताउनुभएको छ । हेलम्बुबाट पानी लैजाने तर हेलम्बुलाई परेका समस्या समाधानमा ध्यान नदीने प्रवृतीप्रती अध्यक्ष शेर्पाको असहमति छ ।

हेलम्बुका समस्या हल गरेर मात्रै पानी लैजानुपर्ने उहाँको तर्क छ । मेलम्ची खानेपानी आयोजनाबाट प्रभावितका लागि सञ्चालित सामाजिक उत्थान कार्यक्रम (सुप) स्थानीय सरकारमार्फत सञ्चालन गर्नुपर्ने, स्थानीयवासीले पाउने खानेपानीको ‘लेबी’ टुङ्गो लगाउनुपर्ने, स्थानीय बाढीपीडितलाई कम्तीमा प्रतिपरिवार २० लाख रुपियाँ दिनुपर्ने, बाढीले व्यवसायीको व्यवसाय पुनस्र्थापना गर्न सहयोग गर्नुपर्ने लगायतका माग पूरा नभएमा मेलम्ची पानी लैजान नदिने अध्यक्ष शेर्पाले चेतावनी दिनुभएको छ ।

खानेपानी मन्त्री उमाकान्त चौधरीलाई गत चैत २९ गते पालिकाले ११ बुँदे मागसहित ध्यानाकर्षणपत्र बुझाएको थियो । मेलम्ची खानेपानी आयोजनाको मुहान हेलम्बु गाउँपालिकाको अम्बाथानमा छ ।

आयोजनाको मुहानमा बाढी पस्ने खतरा भएपछि सुरुङ मार्गका ढोका बन्द गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय