BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |


राष्ट्रियसभा सदस्य सिंहबहादुर विश्वकर्माले तातोपानी नाकामा जोडिएको कोदारी राजमार्ग वर्षातका कारण अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको बताउनुभएको छ ।

उहाँले आजको राष्ट्रियसभाको बैठकमा बोल्दै सवारीसाधन चल्न नसक्दा राजस्व संकलनमा समेत प्रभाव परेको बताउनुभयो । केही दिन यता उत्तरी तातोपानी नाकामा जोडिएको कोदारी राजमार्गको विभिन्न ठाउँहरूमा वर्षायामको कारणले पहिरो गइराखेको र सडक भासिएकाले यातायात आवतजावत गर्न कठिनाई भईरहेकोे छ ।

राजश्व संकलनमा समेत प्रभाव परेको उहाँले बताउनुभयो । दैनिक साढे २ करोड भन्दा बढी राजस्व संकलन हुने भन्सारमा अहिले मुस्किलले दैनिक ८० लाख रुपैयाँ मात्र संकलन हुने उहाँले जानकारी दीनुभयो ।

सो सम्बन्धमा सम्बन्धित निकायको बेलैमा ध्यान दीन आग्रह गर्नुभएको छ ।

उहाँले सो सडक खण्डलाई सहज रुपमा सञ्चालन गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय