BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

लगातारको बर्षाले अवरुद्ध मेलम्ची —हेलम्बु सडक सञ्चालनमा आएको छ ।

शुक्रबार रातिको बाढीले मेलम्ची —हेलम्बु सडकको सिमखेत, ग्याल्थुम, क्युल, सिमखेत लगायत क्षेत्रमा पहिरो तथा बाढी पस्दा यातायातका साधन तथा मानिस आवतजावतमा समस्या भएको थियो ।

हेलम्बुमा सबै ठाँउमा शनिबार बिहानै सडक मर्मत गरिएको गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

मेलम्चीको सिमखेतमा बाढीले धैरेनै क्षति गरेपछि आज मध्यान्नबाट पानी केहि कम भएर गाडी वारपार भएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।
पुर्ण रुपमा सडक सञ्चालनमा ल्याउनका लागी काम भईरहेको उहाँले बताउनुभयो । बाढीले यस क्षेत्रमा दैनिकजसो सडक अवरुद्ध हुने गरेको छ ।

यता मेलम्ची —पाँचपोखरी सडक अवरुद्ध भएको छ । खाल्डेखोलामा सडक भासिँदा यातायात अवरुद्ध भएको छ । यसले पाँचपोखरी हिडेँका तिर्थयात्रीलाई समस्या भएको छ । पाँचपोखरीमा पनि सडक सञ्चालनका लागी काम भईरहेको गाँउपालीकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय