BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

सर्वोच्च अदालतको भवन निर्माणमा अनियमितताको कुराले संसदमा प्रवेश पाएको छ ।

प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सर्वोच्च अदालतको नयाँ बन्दै गरेको भवन निर्माणको ठेक्का महाभियोग लागेर निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको संलग्नतामा सेटिङ गरी दिइएकाले त्यसमा विस्तृत छानबिन गर्न संसदीय उच्चस्तरीय समिति नै बनाउनुपर्ने माग उठाएका छन् ।

राणामाथि महाभियोग दर्ता हुँदैगर्दा भवन निर्माणमा सार्वजनिक प्रश्न उठेको थियो । भवन निर्माणमा रााणा आफैं आगाडि सरेर विनापुरी कालिका–समानान्तर जेभीलाई एकलौटी रुपमा ठेक्का दिएको आरोप छ । प्रतिनिधिसभामा बोल्दै नेपाली कांग्रेसका सांसदहरु प्रकाश रसाइली र मिना सुब्बाले सर्वोच्च अदालतमा भएको भवन निर्माणको अनियमिततामा पनि राणा जोडिएको दाबी गरे ।

सांसद रसाइलीले प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतको भवन निर्माणमा कालो सूचीमा राखेको र ठेक्का नै दिन नमिल्ने कम्पनीको ज्वाइन्ट भेन्चरलाई ठेक्का दिएर सेटिङ गरेको आरोप लगाउनुभयो । प्रधानन्यायाधीश राणाले कालिका कन्ट्रक्सनविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको जानकारी हुँदाहुँदै ज्वाइन्ट भेन्चर भएको अवस्था ठेक्का दिनु आफैंमा सेटिङ गरेको देखिएको बताउनुभयो ।

सर्वोच्च अदालतको मापदण्डमै भ्रष्टाचार मुद्दा भएको वा कालो सूचीमा परेको कम्पनीलाई नदिइने भनिएको र यसका लागि प्रधानमन्त्री कार्यालयमासमेत पत्र लेखेको भए पनि राणाले आफै संलग्न भएर ठेक्का दिनुभएको थियो ।

सर्वोच्च अदालतको भवन निर्माणका विषयमा अख्तियार दुरुपयोग अनुसन्धानमा रहेको उजुरीमा सर्वोच्चसँग जवाफ मागेपछि चर्चामा आएको थियो । यो विवादमा अहिले अख्तियारले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय