BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

सरकारले संघ र प्रदेशको चुनावी मिति घोषणा गरेसँगै आम नागरिकमा रौनक बढेको छ । राजनीतिमा नयाँ पुस्ता आगमनको बहस चलिरहँदा मतदाता मिश्रित प्रतिक्रिया जनाउँछन् । एक दिन विवेक नपु¥याउँदा बाँकी ३६४ दिन नेतामाथि सत्तोसराप गर्ने प्रवृत्तिप्रति स्वयं मतदाता सचेत हुनुपर्ने जनमत छ । स्वतन्त्र उम्मेद्वारी रहरको विषय नभई त्यो सँगै एजेण्डा र जिम्मेवारीको मूल्यांकन हुनुपर्ने तर्क सचेत नागरिकको छ ।

सरकारले मंसिर ४ लाई चुनावी तिथि घोषणा गरेसँगै सार्वजनिक स्थलहरुमा चुनावी बहस चल्न थालेको छ । सिंहदरबारदेखि चिया पसल, चौतारामा समेत चुनावी परिचर्चाले ठाउँ पाएको छ । भर्खरै स्थानीय तह निर्वाचनमा आफ्ना जनप्रतिनिधि चुनेका नागरिक राष्ट्रिय चुनावको घोषणाबाट उत्साही छन् । चुनाव लोकतन्त्रको गहना मान्ने उनीहरु जनअधिकार उत्साही भएर प्रयोग गर्नुपर्ने तर्क गर्दै देश जनताको हितमा काम गर्ने सक्षम नेता चुन्नुपर्ने बताउनछन् ।

कतिपय नागरिक अब पुराना पुस्ताका नेताबाट देश नबन्ने निचोडमा पुगिसकेका छन् । समय अनुसारको एजेण्डा बोक्न सक्ने युग अनुकूलको चरित्रलाई चुन्नुपर्ने बताउछन् ।

दलहरुको व्यवहारबाट वाक्क, दिक्क भएका कतिपय भोटै नहाल्ने हाल्नु परे स्वतन्त्र उम्मेदवार आफ्नो रोजाईमा रहेको बताउँछन् ।

चुनाव नेपालीका लागि एकदिने चाड मात्रै बन्ने गरेको र त्यो चुनावी लाइसेन्स उपयोग गरेर नेतारुले मतदातामाथि नै अन्याय गर्ने गरेको टिप्पणी हुने गरेको छ । गरिब जनताको नारा दिने नेताहरु आफैं समृद्ध हुने तर उनीहरुको उठिबास लाग्ने क्रम अन्त्य हुनुपर्छ भन्ने सन्देश मतदाताको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय