BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता चन्द्र बहादुर तामाङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ को “क” मा समानुपातीकतर्फ सिफारीस हुनुभएको छ ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनको लागि सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेशसभा “क” को समानुपातीकतर्फ उम्मेदवारको लागि जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले तामाङलाई सिफारिस गरेको छ ।

नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको बैठकबाट सो निर्णय गरेको हो । यसअघि प्रदेश कार्यसमीती र क्षेत्रिय कार्यसमीतीमा नअट्नुभएका गिरीको तामाङ जिल्ला कार्यसमीतीले सिफरीस गरेको हो । यसरी हेर्दा तामाङको सिफरीसलाई अर्थपुर्ण रुपमा हेरीएको छ ।

तामाङ नेपाली कांग्रेसको १४ औं महाधीवेशनबाट पनि जिल्ला सदस्य बन्नुभएको छ । यस अघि पनि नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सदस्य पदमा रहेर लामो समय काम गर्नुभएका तामाङ नागरिकको माझमा लोकप्रिय नेताको रुपमा चिनीएको नाम पनि हो । लामो समयदेखि क्रियासिल भुमीकामा रहेर तामाङले पार्टीको आन्तरीक रुपमा संगठन बलीयो बनाउन महत्वपुर्ण भुमीका खेल्नुभएको छ । यस्तै पार्टीलाई संकट परेको र संगठन कमजोर हुंदा पनि तल्लो तहमा रहेर संगठन बलियो बनाउन तामाङ अहोरात्र खटिनुभएको छ ।

तामाङले आफ्नो सामाजिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भईसक्नुभएको छ । भुकम्प, कोरोना र मेलम्चीमा आएको बाढिमा पनि सक्रिय रूपमा काम गर्नुभएका तामाङले आम नागरिकको समस्यालाई केन्द्रविन्दुमा राखेर काम गदैृ आउनुभएको छ ।

पार्टीको सक्रिय राजनीतीसंगै समाजसेवामा पनि तामाङको उपस्थीति बलीयो रहेको छ । भुकम्प, कोरोना महामारी लगाएर हेलम्बु मेलम्चीमा आएको बाढीमा राहत, उद्धार र उपचारम तामाङको भुमीका उल्ल्ेखनीय रहेको छ । समानुपातीकमा नाम सिफारीस भएपस्चात तामाङ जनचर्चाको रुपमा रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय