BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि आज नेपाल र लाओस खेल्दैछन् । फाइनल खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो ।

नेपालले पहिलो खेलमा लाओसलाई २–० गोलले हराएको थियो भने दोस्रो खेलमा भुटानसँग एक/एक गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा भुटानलाई २–१ गोलले हराएको लाओस भुटानले नेपालसँग बराबरी खेलेपछि फाइनलमा पुगेको हो ।

भुटान एक अङ्कका साथ लिग चरणबाट बाहिरिएको थियो । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर तथा दोस्रोले ३ हजार डलर पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय