BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

सिन्धुपाल्चोक,

नेपाली कांग्रेसका नेता एवं सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार बंशलाल तामाङ यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा मतदाता भेटघाट र घरदैलो अभियानमा निकै सक्रिय देखिनुभएकाे छ । हिजाे आफ्नै गृहपालिका इन्द्रावतीबाट तामाङले मत माग्ने र मतदातालाइ भेटघाट गर्नुभएकाे हाे । आज भने मेलङ्गची नगरपािलकाकाे वडा नम्बर ९ र १० मा मतदाता भेटघाटमा रहनुभएकाे छ ।

विकासको ‘ट्रयाक रेकर्ड’ बोकेर जनताको घरदैलोमा

अभियानका क्रममा इन्द्रावतीका विभिन्न गाउँबस्तीमा पुगेका तामाङले आफू गाउँपालिका अध्यक्ष हुँदा गरेका कामहरूलाई मुख्य एजेन्डा बनाउनुभएकाे छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष निर्वाचित भएपछि उहाँले इन्द्रावतीमा गरेका भौतिक पूर्वाधार र सामाजिक विकासका कार्यहरूबाट स्थानीय जनता प्रत्यक्ष लाभान्वित भएका थिए। मतदाताहरूसँग संवाद गर्दै तामाङले “मैले इन्द्रावती गाउँपालिका अध्यक्ष हुँदा कुन अवस्थामा काम सुरु गरेको थिएँ र आज यहाँको भौतिक पूर्वाधार कुन स्तरमा पुगेको छ, त्यो सबै इन्द्रावतीवासीलाई छर्लङ्ग छ। मलाई विश्वास छ, जनताले मेरो कामको मूल्याङ्कन गरेर यसपटक संसद्‌मा पठाउनेछन्।”

तामाङले जनताका समस्यालाई आफ्नै समस्याका रूपमा लिएर समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ । उहाँले नेपाली कांग्रेसको नेतृत्वमा मात्रै समग्र विकास सम्भव हुने दाबी गर्दै यसपटक कांग्रेसलाई विजयी गराउन आग्रह गर्नुभएकाे हाे ।

इन्द्रावती गाउँपालिका वडा नं. ४ प्रचारप्रसार समितिले आयोजना गरेको विशेष कार्यक्रममा क्षेत्र नं. २ अन्तर्गतका पाँचवटै पालिकाको वस्तुगत अवस्था हेर्दा कांग्रेसको पक्षमा बलियो जनलहर देखिएको दाबी गरिएकाे छ । पार्टीका नेता तथा कार्यकर्ताहरूले एकजुट भएर लागेको र यही गति कायम रहे आगामी निर्वाचनमा फराकिलो मतान्तरले जित हात पार्ने विश्वास नेता कार्यकर्ताकाे विश्वास रहेकाे छ । हिजाे उम्मेदवार तामाङले इन्द्रावतीका सबै वडाका बस्ती-बस्तीमा पुगेर मतदाताको समस्या सुन्ने र आफ्नो भावी योजना प्रस्तुत गर्नुभएकाे छ। इन्द्रावतीबाट सुरु भएको यो रापतापले निर्वाचन क्षेत्रभर नयाँ उत्साह थपेको कांग्रेसी कार्यकर्ताहरूको बुझाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय