मेलम्ची,
बागमती प्रदेशका पूर्वमन्त्री एवम् कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य निमा लामाले ‘गुगलमा होस् या भुगोलमा होस्, जय नेपाल गुन्जिएको छ’ भन्दै कांग्रेसको पक्षमा जनलहर देखिएको दाबी गर्नुभएकाे छ ।
नेपाली कांग्रेस मेलम्ची नगरकार्यसमितिले आज मेलम्ची बसपार्कमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार बंशलाल तामाङ पाका र अनुभवी नेता भएको उल्लेख गर्दै गाउँपालिका राष्ट्रिय महासंघको महासचिवको जिम्मेवारी सम्हालेर देशभरका जनप्रतिनिधिसँग समन्वय गर्दै काम गरेको अनुभव समेत रहेको बताउनुभयाे।
‘परिवर्तनको नेतृत्व कांग्रेसले गरेको हो भन्दै ‘फागुन २१ गते निर्धक्क साथ कांग्रेस उम्मेदवारलाई विजयी गराउनुहुन्छ भन्ने विश्वास लिएको समेत बताए। विकासको जग बसालेको क्षेत्र नं. २ मा अबको निरन्तरता पनि कांग्रेसले नै दिन्छ।’ त्यसैले कांग्रेसको उम्मेदवारलाई अत्याधिक मतले चुनाव जिताउन अनुरोध गर्नुभयाे।
कार्यक्रममा भेमाथाङबाट आएको पहिरोको प्रसंग स्मरण गर्दै उहाँले उक्त घटना जलवायु परिवर्तनको प्रभावका कारण भएको उल्लेख गर्नुभयाे। ‘कसैले देउता रिसाएर आएको भन्ने पनि सुनियो, तर त्यो होइन,’ उनले भने, ‘यो जलवायु परिवर्तनको परिणाम हो।’
उहाँले बंशलाल तामाङले जलवायु परिवर्तनबाट हुने विपद् न्यूनीकरणका लागि स्पष्ट योजना समेट्नु पर्ने सुझाव समेत दिनुभयाे।
