BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

सिन्धुपाल्चोक -२ का नेपाली काँग्रेसका उम्मेदवार बंशलाल तामाङले प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा आफ्नो प्रतिस्पर्धी धेरै बलियो नभएको बताउनुभएकाे छ।

कांग्रेस मेलम्ची नगरपालिका समितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहँले भन्नुभयाे, ‘मैले धेरै प्रतिस्पर्धी देखेको छैन, कक्षा बीचमै छोड्ने व्यक्ति मेरो प्रतिस्पर्धी हुन सक्दैन।’

उहाँले युवराज दुलालप्रति लक्षित गर्दै प्रदेश सभा सदस्य हुँदाहुँदै कार्यकाल बाँकी रहँदा जनताले दिएको म्यान्डेटलाई बेवास्ता गर्दै चुनावमा होमिएको बताउनुभयाे। त्यस्तै, एमालेबाट उम्मेदवार बनेका शेर बहादुर तामाङ प्रति कटाक्ष गर्दै पटक–पटक असफल भएको दाबी गर्नुभयाे।

तामाङले महाभारतको युद्धमा धर्मको विजय भएको प्रसंग स्मरण गराउँदै कांग्रेस धर्मको पक्षमा रहेको बताउनुभयाे। ‘पार्टीका सबै साथीहरू मेरो साथमा हुनुहुन्छ, फागुन २१ गतेको निर्वाचनमा म विजयी हुन्छु,’ उहाँले दाबी गर्नुभयाे।

सिंहदरबार जलाउनेहरूले देश बनाउन नसक्ने जिकिर गर्दै उहाँले कांग्रेस परिमार्जित भएर आएको पार्टी भएको बताउनुभयाे। मतदाताको भरोसा र आशीर्वाद नै आफ्नो जितको आधार भएको उल्लेख गर्दै विकास बजेट पुर्‍याएर गाउँ–गाउँको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे।

युवाहरू विदेश पलायन हुन नपर्ने वातावरण गाउँमै सिर्जना गर्ने, जलवायु–मैत्री विकासमार्फत क्षेत्रको संरक्षण गर्ने, आमायाङ्रीलाई विश्वसामु चिनाएर लाखौं पर्यटक भित्र्याउने तथा हेलम्बुमा हाई–अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापना गर्ने योजना रहेकाे बताउनुभयाे ।

त्यसैगरी पाँच वर्षभित्र धुलोधुवामुक्त सडक निर्माण गर्ने, पाँचपोखरी क्षेत्रको समग्र विकास गर्ने र भोटेचौरको चिया बगानलाई व्यवस्थित गर्ने प्रतिबद्धता पनि जनाउनुभयाे। ‘हामी सम्मानित नेपाली र सम्मानित सिन्धुपाल्चोक बनाउँछौं। एक पटक मौका दिनुहोस्, तपाईंहरूको शिर निहुरिन दिने छैन,’ तामाङले भन्नुभयाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय