BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

सिन्धुपाल्चोक — यतिबेला चुनावी माहोलले सम्पूर्ण देश नै तातिएको छ। सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहनुभएका वंशलाल तामाङको घरदैलो अभियान सफल बन्दै गइरहेको छ। तामाङलाई विभिन्न पार्टी परित्याग गरी सहयोग गर्नेहरूको लर्को लागि रहेको छ। तामाङलाई घरदैलो गर्ने क्रममा पाका पुस्ताले आशीर्वाद दिएका छन् भने युवा पुस्ताले साथ दिएका छन्।

यसै क्रममा आज पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ७ भोटेनाम्लाङमा आयोजित कोणसभामा विभिन्न पार्टी परित्याग गरी एक दर्जनभन्दा बढी व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसमा प्रवेश गर्नेहरू यसअघि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध रहेका थिए । उनीहरूले ती पार्टीहरू परित्याग गरी कांग्रेसको नीति, विचार र विकासप्रतिको प्रतिबद्धताप्रति विश्वास व्यक्त गर्दै प्रवेश गरेको बताएका छन् ।

प्रवेश गर्नेहरूमा सानू तामाङ, साईला तामाङ, भिमे तामाङ, पेम्बा तामाङ, माईला थोकर, साईला थोकर, बक्तु थोकर, दोर्जे तामाङ, साना बोम्जन, कदम तामाङ, भिमलाल लामा र कृष्ण दास श्रेष्ठ रहनुभएको छ।

कार्यक्रममा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २, सिन्धुपाल्चोकका उम्मेद्वार बंशलाल तामाङले नवप्रवेशीहरूलाई स्वागत गर्नुभएको हो। उहाँले लोकतन्त्रको सुदृढीकरण, विकास निर्माणको तीव्रता र पाँचपोखरी क्षेत्रको समग्र उन्नतिका लागि कांग्रेसलाई अझ सशक्त बनाउँदै लैजान आवश्यक रहेको बताउनुभयो।

उम्मेद्वार तामाङले भोटेनाम्लाङ लगायत विकट बस्तीहरूमा सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर विस्तार गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै जनताको साथ र विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्नुभयो।

कोणसभामा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। नवप्रवेशीहरूले आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस प्रवेशसँगै पाँचपोखरी–७ भोटेनाम्लाङमा नेपाली कांग्रेसको संगठन थप मजबुत बनेको स्थानीय नेताहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय