BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

पाङ, रोल्पा
नेपाली काँग्रेस लुुङ्ग्री गाउँपालिका १ पाङको छिउदरमा टोल समिति बैठक आज सम्पन्न भएको छ । नेपाली काँग्रेस छिउदर टोल समितिका सभापति बुद्धिराम विष्टको अध्यक्षता एवम् नेपाली काँग्रेस लुुङ्ग्री १ पाङका वडा सभापति मोति पुनको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा विभिन्न पार्टी परित्याग गरि १२ जना युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस पाङ वडा समितिले जनाएको छ । लुुङ्ग्री गाउँपालिका वडा नं १ पाङका सेरुङ वि.क, करसिंह रोका, पुस्ते रोका, रविलाल रोका, गीता रोका, कुलबहादुर विष्ट, अनराम सुनार, भिमबहादुर सुनार र जाले सुनार नेकपा परित्याग गरि काँग्रेसमा प्रवेश गर्नुभएको छ । त्यसैगरि धने विष्ट र जोकमान बस्नेतले राप्रपा परित्याग गरि काँग्रेस प्रवेश गर्नुु भएको छ भने भक्ते रोका स्वतन्त्रबाट काँग्रेस प्रवेश गर्नु भएको नेपाली काँग्रेस पाङले जनाएको छ । नव प्रवेशीहरुले देश विकास र लोकतन्त्रको सम्बद्र्धन नोपली काँग्रेसबाट मात्रै सम्भव भएको बताएका छन् । कार्यक्रमको विशिष्ट अतिथिमा नेपाली काँगे्रस जिल्ला कार्यसमिति रोल्पाका सदस्य पुस्तबहादुर पुन रहनुभएको थियो । नेपाली काँग्रेस पाङ वडा समिटिका सचिव बेगम रोकाको स्वागत मनतव्यबाट सुुरु भएको कार्यक्रमको सञ्चालन छिउदर टोल समितिका सचिव शोभाराम विष्टले गर्नुु भएको नोपल तरुण दल लुुङ्ग्री गाउँपालिकाका अध्यक्ष नविन पुनले जानकारी दिनुुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय