BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

रोल्पा, ७ मंसिर
नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका सभापति जनक पुनले स्थानीय सरकारले बजाएको बासुरीम आफुहरु ननाच्ने बताएका छन्।आइतबार रुन्टीगढी गाउँपालिकाले आयोजना गरेको सार्बजनिक सुनुवाइ कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस रुन्टीगढी सभापति पुनले स्थानिय सरकारलाई यस्तो चुनौती दिएका हुन्।यस अघि गत असोज १९ गते स्थानिय सरकारले अहिलेसम्म गरेको खर्च विवरण सहित नेपाली काङ्ग्रेस रुन्टीगढीले गाउँपालिकाले १५ दिने अल्टिमेटम सहित २१ बुदे मागपत्र समेत गाउँपालिकामा बुझाएको थियो।मागपत्रलाई बेवास्ता गरेको भन्दै कार्तिक २१ गते पुनः काङ्ग्रेसले बिरोध स्वरुप होलेरीमा आन्दोलन गरेको थियो।स्थानिय तह सञ्चालन ऐन दफा १० को उपदफा ७६ को ४ बमोजिम प्रत्येक महिनाको ७ गते भित्र स्थानिय सरकारले हिसाबकिताब पारदर्शीताका लागि सार्बजनिक सुनुवाइ गर्नुपर्ने बाध्यकारी प्राबधान संविधानमै उल्लेख गरिएतापनि रुन्टीगढी गाउँपालिकाले जनहित बिपरित मनपरि गरेको भन्दै सभापति पुनले कार्यक्रममा आक्रोश व्यक्त गरेका थिए।आफुहरुको दबाबपछि स्थानिय सरकारले बाध्यकारी बनेर सार्बजनिक सुनुवाइ गरेको र काङ्ग्रेसले मागे अनुसारका सबै हिसाबकिताब नदिएर पन्छिन खोजेको उनको भनाई रहेछ।पारदर्शीताका लागी स्थानिय सरकारले सबै खाले हिसाबकिताब सार्बजनिक नगरे स्थानिय सरकारले बजाएको बासुरीको धुनमा आफुहरु ननाच्ने र घुडा टेकाएर छोड्ने खुला चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय