BREAKING
मतदाता भेटघाटमा बंशलाल तामाङ: 'इन्द्रावतीको विकास मोडल अब केन्द्रसम्म पुर्‍याउँछु' | इन्द्रावती गाउँपालिका: एक 'कमाण्ड', दुई 'कप्तान' र अन्योलमा सुशासन | समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवार हटाइए, योग्यता नपुगेका बढी | सिन्धुपाल्चोक-२ मा चुनावी राप: 'काम गर्ने' वंशलालको अगाडि 'गफ गर्ने' र 'अवसरवादी'हरू संकटमा ! | ​काँग्रेस सिन्धुपाल्चोकको सिफारिस: दुवै क्षेत्रबाट प्रत्यक्षमा सभापति जंगबहादुर लामाको नाम | ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ |

लिबाङ, रोल्पा
नेपाली कांग्रेस रोल्पाले मङ्सिर २९ गते सोमबार लिबाङमा विरोध प्रदर्शन गर्ने भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको देशैभरि सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय अनुसार रोल्पामा पनि कार्यक्रम आयोजना गरिएको हो । कम्युनिष्ट सरकारको विभेद, पक्षपात, सर्वसत्तावादी प्रवृति, दमनकारी व्यवहार, भ्रष्ट्चार वेथिति, कोभिड १९ को नियन्त्रण र उपचारमा देखाएको उदासिन्ता, अकर्मण्यताका कारण देश र जनतालाई भोगिरहेको सास्ती र पीडाको विरुद्ध वृहत प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेस रोल्पाका सभापति एवम् पूर्वमन्त्री अमरसिंह पुनले जानकारी दिनु भएको छ ।
विरोध कार्यक्रममा सहभागि भई कार्यक्रमलाई सफल बनाईदिन हुन नेपाली कांग्रेस रोल्पाले सम्पूर्ण रोल्पा वासीमा अनुरोध समेत गरेको छ । गत मङ्सिर २१ गते तनहुँमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीने विनाकारण नियन्त्रणमा लिए पश्चात आक्रोशित कांग्रेसले २९ गते देशव्यापी विरोध प्रदर्शन गर्न जुटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय