BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

होलेरी,९ माघ
ओलि सकारको असफलता र जनमतको दुरुपयोगको विरुद्धमा नेपाली काङ्ग्रेसले बिहिवार आयोजना गरेको देशब्यापी बिरोध कार्यक्रम नेपाली काङ्ग्रेस रुन्टीगढीले पनि भब्यताको शाथ सम्पन्न गरेको छ।पालिका भित्रका ९ वटै वडामा एकै समयमा कार्यक्रमको शुरुवात गरेको हो।वडा नम्बर १ मा वडा ४ का वडा अध्यक्ष पारसमणी २ मा वडा ३ का सभापति बेगम कवर,३ मा जिल्ला कार्य समिति रोल्पाका सदस्य नारायण खड्का,४ मा जिल्ला कार्य समिति रोल्पाका सदस्य दिलमन बुढाथोकी,५ मा नेपाल तरुण दल केन्द्रिय पार्सद धनबहादुर रसाइली र काङ्ग्रेस रुन्टीगढी सचीव चेतलाल खत्री,६ मा नेपाली काङ्ग्रेस रोल्पा जिल्ला कार्य समिति सदस्य रामबहादुर घर्ती,वडा नम्बर ७ मा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि देबेन्द्र बोहरा र रुन्टीगढी पार्टी सभापति जनक पुन,८ मा रुन्टीगढी छाया सरकार प्रमुख टेकबहादुर बस्नेत ९ मा पुर्ब सांसद तथा नेपाली काङ्ग्रेस रोल्पाका उपसभापति लेखनाथ आचार्य र नेपाल तरुणदल रोल्पा जिल्ला अध्यक्ष तिलबहादुर बुढाथोकी (तिलक)लगाएत अतिथिहरुको सहभागीता रहेको थियो।कार्यक्रममा बक्ताहरुले कम्युनिष्टहरुलेले नेपालमा देश र जनताको हितमा इतिहास देखि कुनै उदाहरणीय काम गर्न नसकेको बताए।अहिले स्पष्ट बहुमत प्राप्त हुदाँहुदै पनि प्रधानमन्त्री ओलिले ब्यक्तिगत स्वार्थका लागि संसद विघटन गरेर जनता माथि घात गरेको भन्दै चर्को आलोचना गरेका हुन्।अब जनताहरुले समयमै बिचार पुर्याएर देशको सबैभन्दा पुरानो,बलियो दल नेपाली काङ्ग्रेसलाई समयमै चिन्नुपर्ने समय आइसकेको समेत बताएका छन्।यसै बिच छुट्टाछुट्टै वडामा नेकपा परित्याग गरेर २८ जना काङ्ग्रेसमा प्रवेश गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय