BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

काठमाडौं : लेखक सुदन कुमार ओलीको १९ अनुभुतिहरुको संगालो आधावाटो आज बिमोचन भएको छ । जिवनका धभोगाईहरु संगै अन्तर्ममनको कथाहरु जस्तै गरि बिम्वात्मक तथा बिविध बिषयका चित्रण सहितको अनुभुति संग्रह आज काठमाण्डौमा बिमोचन भएको हो । पुस्तकलाई समालोचक महेश पौडेल,टिप्पणीकार तथा बौद्दिक ब्याक्तित्व डिललीराम शर्मा ,पुर्ब मन्त्री अमर सिंह पुन,काँग्रेस नेता मनोजमणी आर्चार्य तथा ब्याबसायी बलराम खतिवडाले संयुक्त रुपमा बिमोचन गर्नुभएको थियो । लेखकले आफ्नो अनुभुतिमा देखेका भोगेका बिषय बस्तुहरुलाई सरल तथा सहज ढंगले प्रस्तुत गरेको र बिभिन्न कालखण्डका भोगाईको समिश्रणका रुपमा चित्रण गरेको उल्लेख गर्दै समालोचक महेश पौडेलले लेखकको शाहित्यीक यात्रा सफल र उज्वल हुने समेत कामना गर्नुभयो ।शुभ कामना तथा समालोचना गर्नुहुने अन्य बक्ताहरुले पनि वहाँको शाहित्यिक यात्रा सफलतको कामना समेत गर्नुभयो । शाहित्य आँफैमा जति सुन्दर पक्ष छ त्यति नै जोखिमको यात्रा पनि हो बिशेषत शाहित्यमा लगानि गरेर वा पुस्तक नै लेखेर त्यस्को प्रतिफल कम नै अपेक्षा गर्न सकिन्छ तथापि शाहित्यमा युवा रुची भने बड्दो नै छ । ।युवा पुस्ताका लेखकहरु शाहित्यमा होमिनु जोखिम नै छ भन्नेहरु बिच पनि सुदनले आफ्नो कृति बजारमा ल्याएर एउटा उदाहरण प्रस्तुत गरेका छन ।रोल्पाका लेखक सुदनको आधावाटो अनुभुतिसंग्रहको सफलतको कामना सहित महेन्द्रप्रसाद पोखरेल फरक सन्देश।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय