BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

होलेरी,फागुन ५
घोराही-होलेरी शहिद मार्गको हविगत सुधारको माग गर्दै रोल्पामा संघर्ष समिति गठन गरिएको छ।आर्थिक बर्ष २०७४/७५ मा संघिय सरकारको ४६ करोडको लगानीमा कालोपत्रे गरिएको शहिदमार्ग डेढ बर्ष नबित्दै ध्वस्त बनेपछि लुम्बिनी प्रदेशका अधिकांश पहाडी जिल्लाका प्रवेशद्वार समेत रहेको यस मार्ग भएर यात्रा गर्ने यात्रुहरुले बर्षौँ देखि भगवान भरोसामा यात्रा गर्नु परिरहेको गुनासो पटकपटक उठ्ने गरेको छ।यसरी पटकपटक गुनासो उठ्दा जनताले यात्रा गर्दा शास्ति खेपिरहेको देख्दादेख्दै रोल्पाको स्थानिय सरकार रुन्टीगढी गाउँपालिका,दाङको स्थानिय सरकार घोराही उपमहानगरपालिका,लुम्बिनी प्रदेश सरकार र संघिय सरकार मुख दर्शक मात्र बनेपछि सर्वसाधारण नागरिकले संघर्ष समिति नै बनाएर संघर्षमा उत्रिनु पर्ने बाध्यकारी अबस्था आएको स्थानिय अगुवा एबं समितिका सल्लाहकार देबेन्द्र बोहराले जानकारी दिनुभएको छ।संघर्षकै लागि फागुन ३ गते होलेरीको कोहिनूर होटलमा पत्रकार एल.वी.मगरको अध्यक्षतामा बसेको होलेरी र आसपासका सञ्चारकर्मी,बुद्धिजिबी,विभिन्न सरोकारवाला निकायका प्रतिनिधि,ब्यापारी,सर्वसाधारण नागरिकहरुको भेलाले नन्दराम खड्काको संयोजकत्वमा १३ सदस्यीय समिति निर्माण गरिएको सल्लाहकार बोहराले जानकारी दिनुभयो।जसमा स्थानीय अगुवा देबेन्द्र बोहरा,स्थानिय पत्रकारहरु एल.वी.मगर,सन्तोष शर्मा,केशवराज चन्द र स्थानिय युवा दिलबहादुर खड्का सल्लाहकारमा रहेको बताइएको छ।पछिल्लो राष्ट्रिय राजनीतिको ठुलो चोक,घुम्ति बनिसकेको रोल्पा जिल्लाले अन्य जिल्लाका तुलनामा ठुल्ठुला नेताहरु जनाएको छ।तर नेताहरुले चुनाव जितेर कुर्सीमा पुगेपछि रोल्पाको समस्यालाई फर्केर नहेर्ने प्रवृत्तिले आफुहरु जनताका अधिकारका माग गर्दै संघर्षमा उत्रिनु पर्ने अबस्था आएको समितिका संयोजक नन्दराम खड्काले बताउँनुभयो।देशमा चलेको १० बर्षे शस्त्र द्वन्दको उद्गम थलो समेत रहेको रोल्पाले ठुल्ठुला नेताहरु जन्मायो।अहिले पनि रोल्पाकै नन्दकिशोर पुन देशको उपराष्टपति हुनुहुन्छ।अन्य थुप्रै नेताहरु २०६४ यता पटक सरकारको जिम्मेवारी पदमा रहनुदै आउनुभएको छ।तर उहाँहरु पदमा हुँदा हेलिकप्टरबाट रोल्पा आउँनुहुन्छ।पद गुमेपछि छिमेकी जिल्ला प्युठान,सल्यान भएर कालोपत्रे बाटो खोज्दै गृह जिल्ला आउँनुहुन्छ।उहाँहरुले बेवास्ता गरेर शहिद मार्गको यस्तो हविगत बनेको हो।संयोजक खड्काले भन्नुभयो।तत्काललाई १३ सदस्यीय समिति गठन गरिएको र यसमा ५० जनाको सदस्यीयतामा अभियन्ता सदस्य थप्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो।विभिन्न चरणमा छालफल गर्दै सरकारले शहिद मार्गको हालत नफेर्दासम्म चरणबद्व रुपमा शसक्त आन्दोलनमा उत्रिने संयोजक खड्काको भनाई रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय