BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

सुलिचौर, रोल्पा
नेपाल सरकारका पूर्वमन्त्री एवम् संविधानसभा सदस्य अमरसिंह पुनमगरले सर्वोच्च अदालतबाट भएको प्रतिनिधि सभा पुनःस्थापनाले जनताको लामो संघर्षबाट प्राप्त लोकतन्त्र र जनताको जित भएको बताउनु भएको छ । योङ्ग व्बाइज एण्ड गर्ल्स युवा क्लब, सुलिचौर रोल्पाको प्रथम वार्षिकोत्सबको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताको पुरस्कार वितरण तथा समापन कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुहुदै पूर्वमन्त्री पुनले नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले दुई तिहाईको दम्भमा गरेको प्रतिनिधि सभा विघटन बदर भई लोकतन्त्रको जित र न्यायलयप्रती जनताको आसा जागेको बताउनु भएको हो । उहाँले कोहिनुर अनलाइनसंग भन्नुभयो :- सर्वोच्च अदालतको ऐतिहासिक फैसला स्वागतयोग्य छ । साथै देश राजनीतिक स्थिरता तर्फ लागेको छ यो निर्णयसँगै अदालतको विश्वास र गरीमा थप बढेको छ । नेपाली काङ्ग्रेस रोल्पाका सभापति समेत रहनु भएका पुनले पहिलेदेखि नै प्रतिनिधि सभा पुनःस्थापना नेपाली काङ्ग्रेसको नि:शर्त माग रहेको कुरा बताउनु भयो । उहाले भन्नुभयो ” सुरुदेखि नै मैले संसद विघटनलाई असंवैधानिक भनेको थिएँ तर अदालतको निर्णयलाइ आफुले स्वीकार गर्ने बताउदै आएको थिएँ आजको फैसलाले अदालतप्रति हाम्रो विश्वास गहिरो भएको छ । संविधान जोगिएको छ जनताको जित भएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय