BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

होलेरी, रोल्पा
नेपाली काँग्रेस रोल्पाले कांग्रेस रोल्पाको अभियान, सबल र वैचारिक सङ्गठनको निर्माण भन्ने मूलनाराको साथ आजबाट जिल्लाव्यापी पालिकास्तरीय प्रशिक्षण तथा संगठन शुढृढीकरण कार्यक्रमको रोल्पाको होलेरीबाट सुभाराम्भ गरेको छ । रोल्पा जिल्लाका दश वटै स्थानीय तहमा पार्टीका क्रियाशील सदस्यहरुलाई पार्टीको बारेमा प्रशिक्षण दिने उद्यश्यले कार्यक्रमको आयोजना गरेको हो । आजबाट फाल्गुन २८ गतेसम्म अभियान सञ्चालन गरिने कांग्रेस रोल्पाले जनाएको छ । लामो समयको अन्त्रालपछि कांग्रेसले समय तालीका नै सार्वजनिक गरेर गाउँबस्ती निस्केको हो । छ वटा स्थानीय तहमा हुने पहिलो चरणको प्रशिक्षणका लागि नेपाली कांग्रेस केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठानका केन्द्रीय सदस्यहरु प्रमोदहरी गुरागाई र मदन कट्टेल एवम स्थानीय स्वायत्त शासन विज्ञ नहकुल के.सी.ले प्रशिक्षण दिइ रहनु भएको छ । कार्यक्रममा राजनीतिक, आर्थनीति र स्थानीय स्वायत्त शासन लगायतका विषयमा प्रशिक्षण दिइएको पूर्वमन्त्री एवम् नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले जानकारी दिनुभएको छ ।
दोस्रो चरणमा हुने अभियानका लागि बद्री पाण्डे, डा।गोविन्द पोख्रेल, राजु नेपाल, र रिता खनाल लगायतका नेता रोल्पा आउने सभापति पुनले बताउनु भएको छ ।
सभापति पुनको सभापत्विमा सञ्चालित कार्यक्रममा पूर्व राज्यमन्त्री सुरेन्द्र हमाल। नेवि संघका पूर्व केन्द्रीय महामन्त्री मनोजमणी आचार्य लगायतका नेताहरुको सहभागिता रहेका थियो ।
कांग्रेसले फागुन १९ गते रुन्टीगढी गाउँपालिकाको होलेरीमा, फागुन २० गते त्रिवेणी गाउँपालिकाको जुंगारमा, फागुन २१ म गंगादेव गाउँपालिकाको सुखाओडारमा फागुन २२ गते परिवर्तन गाउँपालिकाको पुत्लाखोलामा प्रशिक्षण कार्यक्रम सञ्चालन हुने छ ।
त्यस्तै फागुन २३ गते थवाङ गाउँपालिकाको थवाङमा, फागुन २४ गते सुनछहरी गाउँपालिकाको पोवाङमा, फागुन २५ गते रोल्पा नगरपालिकाको लिबाङमा,फागुन २६ गते लुङ्ग्री गाउँपालिकाको किलाचौरमा, फागुन २७ गते सुनिलस्मृति गाउँपालिकाको सुलिचौरमा र फागुन २८ गते माडी गाउँपालिकाको घर्तीगाउँमा प्रशिक्षण कार्यक्रम हुने नेपाली कांग्रेस रोल्पाका उपसभापति एवम् नीति तथा प्रशिक्षण विभाग रोल्पाका संयोजक किशोरकमार आचार्यले जानकारी दिनु भएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय