BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

थबाङ, रोल्पा
नेपाली काग्रेस रोल्पाको आयोजनामा चलिरहेको पालीकास्तरीय प्रशिक्षण तथा सङगठन सुदृढीकरण अभियान आज थबाङ गाउँपालिकामा सम्पन्न भएको छ । नेपाली कांग्रेस रोल्पाको अभियान, गाउँगाउँमा सवल र बैचारीक संगठनको निर्माण भन्ने मुल नाराका साथ रुन्टीगढी गाउँपालीकावाट अभियानको सुरु गरेको रोल्पा कांग्रेस थबाङ आइपुगेको हो । नेपाली कांग्रेस रोल्पाका जिल्ला सभापति, संविधानसभा सदस्य एव पूर्व राज्यमन्त्री अमरसिह पुनमगरको सभापतित्व एवम् पूर्व राज्यमन्त्री सुरेन्द्र हमालको प्रमुख आतिथ्यमा भएको प्रशिक्षण कार्यक्रमको प्रमुख प्रशिक्षकका रुपमा नेपाली काग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिषठानका केन्द्रीय सदस्य मदन कट्टेल रहनुभएको थियो भने प्रशिक्षकहरुमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य प्रमोदहरि गुरागाई र स्थानीय स्वायत्त शासन विज्ञ नहकुल के.सी रहनु भएको थियो । कार्यक्रमका अतिथिहरुमा नेविसंघका पूर्व महामन्त्री एवम् युवा नेता मनोजमणी आचार्य, नेपाली कांग्रेसका जिल्ला सदस्य खगेन्द्र प्रकाश शमाल पूर्व अञ्चल समितिका सदस्य टेकबहादुर बस्नेत, नेपाली कांग्रेस प्रादेशिक क्षेत्र नं. ख का क्षत्रीय सभापति गोपाल घर्तीमगर, नेपाल महिला संघ रोल्पाकी अध्यक्ष पुष्पा श्रेष्ठ, नेविसंघ रोल्पाका अध्यक्ष शेरबहादुर थापा, रण्टिगढी गाउँ कार्यपालिका सदस्य घनबहादुर रसायली, नेविसंघ रोल्पाकी सहसचिव तेजकुमारी विष्ट, नेविसंघ रोल्पाका सदस्य योगेन्द्र अनुपम जि.सी., राष्ट्रिय मगर संघका अध्यक्ष मानसिंह घर्तीमगर लगायत जिल्लाका अन्य नेताहरुको उपस्थिती रहेको थियो । नेपाली काग्रेस थबाङ गाउँपालिकाका उपसभापति खरिलाल डाँगीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा गाउँपालीकाका १७६ जना स्थानीय नेता तथा कार्यकर्ता सहभागि थिए भने कार्यक्रमको सन्चालन नेपाल तरुण दल रोल्पाका अध्यक्ष तिलबहादुर बुढाथोकीले गर्नु भएको थियो ।
अब कहाँ कहाँ बाकी ?
रुन्टीगढीबाट सुरु भएको अभियान १० दिनसम्म चल्ने पार्टी सभापति पुनले जानकारी दिनुभयो । जस अनुसार अब ५ वटा पालिकामा बाकी रहेको पुनले बताउनु भयो । भोलि २४ गते सुनछहरी गाउँपालिकाको पोवाङ, २५ गते रोल्पा नगरपालिकाको लिवाङ, २६ गते लुंग्री गाउँपालिकाको किलाचौर, २७ गते सुनिलस्मृती गाउँपालिकाको सुलिचौर र २८ गते माडि गाउँपालिकाको घर्तिगाउँमा हुने वताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय