BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

काठमाडौं, ८ भदौ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यनै नरहेको व्यक्तिलाई नेपाली कांग्रेस वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिवमा मनोनीत गरेपछि विरोध भएको छ ।

सभापति देउवाले साउन २५ गते भण्डारीलाई विभागको सचिव बनाएका हुन् । यो विभागको संयोजक कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद आनन्दप्रसाद ढुंगाना छन् ।

कांग्रेसका उपसभापति विमलेन्द्र निधि निकट मानिने ढुंगानाको सिफारिसमा देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम नेपाली कांग्रेस वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिवमा मनोनीत गरेका हुन् ।

गोरखा जिल्ला स्थायी घर भएका भण्डारी नेपाली कांग्रेसमा सक्रिय थिएनन् । उनी कांग्रेसको क्रियाशील सदस्य नै छैनन् । विभागमा मनोनीत हुन क्रियाशील सदस्य रहनुपर्ने व्यवस्थालाई देउवा र निधिले लत्याएका छन् ।

तत्कालीन माओवादीका नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महरा निकट मानिने भण्डारीले ललितपुरको पुल्चोकमा लालिगुराँस सहकारी चलाउँदै आएका छन् । सहकारीमा भण्डारीका धेरै काण्ड छन् ।

तत्कालीन माओवादी नेता महरा निकटका भण्डारीलाई कांग्रेसको विभागको सचिव बनाएकोमा विरोध भइरहेको छ । भण्डारीलाई सचिव बनाएपछि देउवा निकटका गोरखा र सहकारीहरूमा रहेका शुभेच्छुकहरूले देउवा गुट छाड्न थालेका छन् ।

‘सुरेन्द्र भण्डारी आधा माओवादी र आधा कांग्रेस भएका व्यक्ति हुन्’, स्रोतले भन्यो, ‘कृष्णबहादुर महरा निकटका भण्डारीलाई विभागको सचिव बनाएर कांग्रेसमा योगदान गरेका र सिनियर नेताहरूको मानमर्दन भएको छ ।’

विवादित छविका भण्डारीले उपसभापति निधिको ‘महेन्द्रनारायण निधि स्मृति अस्पताल’लाई करोडौं रुपियाँ चलाउन दिएको स्रोतले जनाएको छ ।

विभागका प्रमुख तथा केन्द्रीय सदस्य ढुंगाना समेत उनै भण्डारीले दिएको गाडी चढ्ने गरेका छन् ।

विभागमा सदस्य र पदाधिकारी बन्न आर्थिक चलखेल भएको भनेर आरोप लागिरहेका बेला सहकारी विभागका सचिव भण्डारीमाथि ठूलो प्रश्न उब्जिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय