दाङ,चैत्र ९
दाङमा अनाथ बालबालिकाकाको सहयोगका लागि एक दिने लाइभ कन्सर्टको आयोजना गरिने भएको छ।जिल्लाको तुलसीपुर बजार स्थित अरनिको मैदानमा यहीँ चैत्र २१ गते हुने लाइभ कन्सर्टमा देशका चर्चित कलाकारहरुको उपस्थिति रहने कार्यक्रमका आयोजक प्रकाश घर्ति मगर(जय देश,जय नरेश)ले जानकारी दिनुभएको छ।यस अघि दाङमा विभिन्न खाले ठुल्ठुला कार्यक्रमहरु समेत सम्पन्न गरिसक्नु भएका घर्तीले अनाथ बालबालिकाहरुलाई सहयोग जस्तो पबित्र उद्देश्य बोकेर आयोजना गरिएको यस पटकको कार्यक्रम भव्यताका सम्पन्न हुने आफुहरुको ठुलो आशा रहेको बताउँनु भयो।
कार्यक्रममा चर्चित र्यापर समिर घिसिङ,भिटेन य्रापर,मिलन नेवार,नेपाल आइडल सिजन १ का उपबिजेता प्रदाप दास लगाएतका कलाकारहरुको आगमन हुने घर्तीले जानकारी दिनुभएको छ।कार्यक्रमलाई भव्यताका शाथ सम्पन्न गर्न pm interprizes का घर्तीले सबैलाई चुलेनिम्तोको आव्हान समेत गर्नु भएको छ।
