BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

रोल्पा
नेपाली कांग्रेस रोल्पाका सभापति, पूर्वमन्त्री एवम् संविधानसभा सदस्य अमरसिंह पुनले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीको निधनप्रती दुख व्यक्त गर्नु भएको छ । पूर्वमन्त्री पुनले सामाजिक संजाल मार्फत जोशीप्रती श्रद्धाञ्जली एवम् शोकाकुल परिवारमा समवेदना प्रकट गर्नु भएको हो ।
जोशीको निधनले कांग्रेसले एक कुशल सङ्गथक र देशले एक विकासप्रेमी नेता गुमाएको पुनले उल्लेख गर्नु भएको छ । फागुन १३ गते मष्तिष्कघातपछि अस्पताल भर्ना भएका नेता जोशीको शुक्रबार निधन भएको परिवार स्रोतले पुष्टि गरेको छ । उनको मष्तिष्कघातको शल्यक्रियापछि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । शल्यक्रियापछि पनि अस्पतालमा राखिएका नेता जोशीको अवस्था बिग्रिँदै गएको चिकित्सकहरुले बताएका थिए ।

उनको टाउकोमा जमेको पानी र रगत फाल्न फागुन १४ गते शल्यक्रिया गरिएको थियो ।

जोशीको जन्म २०२० साल पुस २४ गते भएको थियो । काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित नेपाली कांग्रेसका संविधानसभा सदस्य नवीन्द्रराज जोशी काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर थिए ।

२०३६ सालबाट विद्यार्थी राजनीतिमार्फत राजनीतिमा होमिएका जोशीले नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । प्रजातान्त्रिक आन्दोलनका क्रममा जोशी पटकपटक पक्राउ परि हिरासतमासमेत परेका थिए ।

लोकतान्त्रिक मूल्य-मान्यता र संस्कृतिले नै देशलाई प्रगतिको बाटोमा हिडाउन चाहने जोशीले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका थिए । कुशल संगठनकर्ता र वक्ताका रूपमा परिचित जोशी सामाजिक हितका कार्यमा विशेष रुचि राख्‍ने गर्थे । उनी गणेशमान सिंह अध्ययन प्रतिष्‍ठानका संस्थापक तथा अध्यक्ष थिए ।

जोशीका एक छोरी र श्रीमति छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय