BREAKING
हेलम्बुको पातिङमा दर्जनाैं कांग्रेसमा प्रवेश, वंशलालको पक्षमा माहोल बलियो बन्दै | मेलम्चीमा कांग्रेसको क्रेज बढ्दो: दुई दर्जन बढि युवाले गरे पार्टी प्रवेश | पाँचपोखरी थाङ्पाल–३ मा १६ जना कांग्रेस प्रवेश, युवा नेता कृष्ण कुमार तामाङद्वारा स्वागत | नेकपाकाे किल्लामै धक्का ३५ जना नेपाली काँग्रेसमा प्रवेश | ईन्द्रावतीमा वंशलाल : सयाैँ माेटरसाईकल र्‍याली, आशिर्वाद लिँदै इन्द्रावती परिक्रमा | वंशलालकाे घरदैलाे सफल बन्दै, अन्य पार्टी छाडेर आउनेकाे लर्काे | सिन्धुपाल्चोक-२, मतदाताकाे नजरमा जित नजिक वंशलाल तामाङ | एमाले भाेताङका पुर्व वडा कमिटि अध्यक्ष सहित एक दर्जन बढि कांग्रेसमा प्रवेश | "वंशलाल तामाङ: सिन्धुपाल्चोकको समृद्धिको त्यो एउटा 'ओखती', जसको पर्खाइमा दशकौँ बित्यो!" | पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन लागिपर्नेछु : बंशलाल तामाङ |

काठमाडौ  ।
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भर्चुअल भेलाले सरकारको ढिलासुस्तीकै कारण अहिलेको भयावह अवस्था सिर्जना भएको निष्कर्ष निकालेको छ । आज भर्चुअल माध्यमबाट सम्पन्न तेत्तीस जिल्लाका कांग्रेस सभापतिहारूले सरकारकै बेवास्ता र लापरबाहीले कोभिड नियन्त्रणमा समस्या देखिएको प्रती चिन्ता व्यक्त गरेको हो । भेलाले जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमिक हुने पर्नेमा जोड दिएको छ । समसामयिक राष्ट्रिय राजनीति, कोभिड १९ को अवस्था र पार्टीको १४ औं महाधिवेशनको सम्बन्धमा छलफल केन्द्रित रहेको पूर्व राज्यमन्त्री एवम् नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनमगरले बताउनु भएको छ । कोभिड १९ को नियन्त्रण र जनस्वास्थ्यको उचित व्यवस्थापनको लागि सरकारलाई दबाब दिने, पार्टी नेतृत्वलाई आवस्यकताको आधारमा राष्ट्रिय भूमिका खेल्न अनुरोध गर्ने र पार्टीको १४ औं महाधिवेशन तोकिएको समयमै गर्न चौतर्फी दबाब सिर्जना गर्ने एवम् देशभरका कांग्रेस जिल्ला कार्यालयलाई आइसोलेशन एवम् क्वारेन्टाइन बनाउन पहल गर्ने निर्णय भएको पुनले बताउनु भयो । कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनको समायोजनमा भएको भेलाको सहजीकरण कांग्रेस काभ्रेका सभापति मधु आचार्यले गर्नु भएको भेलामा सिन्धुपालचोक सभापति बिकास लामा, पाचथर सभापति नरेन्द्र केरुङग्, ताप्लेजुङ सभापति लिला बोखिम, तेह्रथुम सभापति ग‍ोबिन्द ढुगाना,शंखुवासभा सभापति दिपन कुमार श्रेष्ठ, सुनछरी सभापति राजिब कोइराला, सिरहा सभापति रामचन्द्र यादब, सर्लाही सभापति नगेन्द्र राय, पर्सा सभापति अजय दुबेदी, काठमाडौ सभापति कृष्ण सबुज बानिया, धाधिङ सभापति रमेश धमाला, तनहुँ सभापति बैकुन्ठ न्यौपाने, कास्की सभापति कृष्ण के सी, चितवन सभापति जितनारायण श्रेष्ठ, नवलपुर सभापति बिस्नु लामिछाने, गुल्मी सभापति भुवन प्रसाद श्रेष्ठ, अर्धाखाची सभापति बिष्णु मुस्कान खनाल, प्युठान सभापति अमरप्रसाद भण्डारी, कपिलवस्तु सभापति सुरेन्द्र राज आचार्य, बर्दिया सभापति संजय गौतम, बांके सभापति किरण कोइराला, सुर्खेत सभापति कमलराज रेग्मी र दैलेख सभापति कृष्ण कुमार बिसीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय