BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

रोल्पा नेपाली कांग्रेस रोल्पाले प्रतिनिधि सभा विघटनको विरुद्धमा प्रेस विज्ञप्ति जारी गरेको छ । ओली सरकारद्वारा दोस्रोपटक गरिएको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेस रोल्पाका सभापति एवम् पूर्व राज्यमन्त्री अमरसिंह पुनले विज्ञप्ति जारी गर्नु भएको छ । नेपाली कांग्रेस रोल्पाले नेपाली जनताको लामो संघर्षबाट निर्मित संविधानको मुल मर्म र भावना विपरीत म नै राज्री हुँ भन्ने भावना बोकी राष्ट्रपतिलाई समेत प्रभावमा पारी राष्ट्रपति जस्तो गरिमामय संस्थाको अवमूल्यन गरेर कठपुतली बनाई प्रधानमन्त्री ओलीले पुन: दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेको प्रती ध्यानाकर्षण भएको जनाएको छ । संविधानमाथि प्रहार गर्ने प्रधानमन्त्री ओलीको निरन्तरको कदमले लोकतन्त्र मात्र कम्जोर भएको छैन प्रधानमन्त्री र राष्ट्रपति समेत संविधानको भावना विपरीत निरंकुश र तानाशाही बाटो रोजेको प्रमाणित हुन्छ । तसर्थ संवैधानिक र राजनीतिक विधिबाट यस प्रकारको अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावादी कदम सच्याउदै संविधानबादको लोकतान्त्रिक मार्गमा फर्काउन सबै राजनीतिक दल र नेपाली जनतालाई एकजुट हुन पनि सभापति पुनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय