BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

रुकुम, ७ भदौ । रुकुम पश्चिममा आइतबार एकैदिन १८ जना कोरोना संक्रमित थपिएका छन ।

एक कार्यालयका प्रमुखसहित सोही कार्यालयका नौ कर्मचारी, स्वास्थ्य सेवा कार्यालयका एक कर्मचारी, तीन प्रहरी र मुसीकोट सल्लेका दुइ स्थानीय गरी मुसीकोटमा मात्रै १५ जना संक्रमित फेला परेका छन । संक्रमित भएको स्थानीय भारतबाट आएर होम क्वारेन्टीनमा बसेका हुन् ।

त्यस्तै सानीभेरी गाउँपालिकामा २ जना नेपालगञ्ज अस्पताल गएर फर्केका संक्रमित देखिएका छन भने चौरजहारीका एक जना गरी रुकुमपश्चिममा मात्रै १८ जना संक्रमित भेटिएका हुन् ।

चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो । मुसीकोट नगरपालिकाका २७ जनाको स्वाव परिक्षण गरिएकामा १५ र सानीभेरी गाउँपालिकाका १० जनाको स्वाव परिक्षण गरिएकामा ३ जनामा कोरोना देखिएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले जानकारी दिए ।

त्यस्तै जिल्ला अस्पतालको आईसोलेसनमा रहेका २ जनाको दोस्रो रिपोर्ट पनि पोजेटीभ आएको छ । यो संगै जिल्लामा संक्रिय संक्रमित २८ जना रहेका छन् । रुकुमपश्चिममा अहिलेसम्म ५८ जनामा संक्रमित भएकोमा ३० जना निको भएर घर फर्किसकेका छन ।

यसैबिच यता आठविसकोट नगरपालिकामा एकै पटक हिजो ६ जना लाई संक्रमण पुष्टि भएपछि नगरपालिकाका ३ वटा वडा एक हप्ताका लागि पुर्ण रुपमा शिल गरिएको छ ।

कोरोनाको जोखिम बढेपछी आज बिहान ४ बजे देखि आगामी १३ गते शनिबार सम्मका लागि ३ वटा वडा पुर्ण रुपमा सिल गरिएको निमित्त प्रमुख प्रसाशकिय अधिकृत धुव्र प्रसाद लम्सालले जानकारी दिए ।

उनका अनुसार वडा नम्बर ९,११ र १२ नम्वर वडालाई एक हप्ताका लागि पुर्ण रुपमा सिल गरिएको छ । साथै उक्त वडाहरु भित्र अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न नगरपालिकाले एक सुचना जारी गरेको छ ।

संक्रमित ब्यक्तिहरुको सम्पर्कमा आएका हरुको कन्ट्याक्ट हिस्ट्रीको आधारमा कन्ट्याक्ट ट्रेसिङ सुरु गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय