BREAKING
मतदाता भेटघाटमा बंशलाल तामाङ: 'इन्द्रावतीको विकास मोडल अब केन्द्रसम्म पुर्‍याउँछु' | इन्द्रावती गाउँपालिका: एक 'कमाण्ड', दुई 'कप्तान' र अन्योलमा सुशासन | समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवार हटाइए, योग्यता नपुगेका बढी | सिन्धुपाल्चोक-२ मा चुनावी राप: 'काम गर्ने' वंशलालको अगाडि 'गफ गर्ने' र 'अवसरवादी'हरू संकटमा ! | ​काँग्रेस सिन्धुपाल्चोकको सिफारिस: दुवै क्षेत्रबाट प्रत्यक्षमा सभापति जंगबहादुर लामाको नाम | ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ |
एजेन्सी । रणवीर कपूर अभिनित फिल्म ‘शमशेर’ को टीजर सार्वजनिक भएको छ ।

बुधबार सार्वजनिक टीजरमा रणवीर कपूर र सञ्जय दत्तको संक्षिप्त स्वरुप देख्न सकिन्छ । फिल्ममा रणवीर र सञ्जयको एक्सन दृश्य समावेश छ ।

फिल्ममा काजा नामक एक काल्पनिक शहरको कथा देखाइएकाे निर्देशक करण मलहोत्राले जानकारी दिए ।

फिल्ममा शमशेर आफ्नो जनजाति समुदायलाई अत्याचारबाट बचाउन र रक्षा गर्न फर्केका छन् । जहाँ शमशेरलाई कर्म र धर्मबाट मुक्त डाँकुको रूपमा देखाइएको छ । धर्मकाे भूमिका भने सञ्जय दत्तले निभाएका छन् ।

जुलाई २२ मा प्रदर्शन हुने फिल्ममा रणवीर कपूर, सञ्जय दत्त र वाणी कपूरको मुख्य भूमिका रहेको छ ।

फिल्मका कलाकारहरूले भारतका विभिन्न शहरहरूमा पुगेर फिल्मको प्रचारप्रसार गर्ने बताएका छन् । फिल्म ‘शमशेर’ लाई हिन्दी ,तमिल र तेलुगु गरी ३ वटा भाषामा प्रदर्शन गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय