BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

कोरोना कारण थलिएको फिल्म उद्योगलाई दक्षिण भारतीय फिल्म ‘पुष्पाः द राइज’बाट केही तङ्ग्रियो ।

त्यसपछि आएका अधिकांश दक्षिण भारतीय फिल्महरूले भारतमा मात्र नभएर नेपालसहित देशका बक्सअफिस तताए ।

‘केजिएफ २’, ‘आरआरआर’, ‘विक्रम’ जस्ता फिल्महरूको बक्स अफिस कलेक्सन निकै लोभलाग्दो छ । कोरोनापछि बक्सअफिस तताएको अल्लु अर्जुन स्टारर ‘पुष्पाः द राइज’को अब भने दोस्रो भाग आउने भएको छ ।

फिल्म बन्ने खबरसँगै यसको कथा लिक भएको समाचारले पनि चर्चा पाएको छ ।

फिल्मको दोस्रो भाग ‘पुष्पाः द रुल’ मा श्रीवल्लीको भूमिका देखिएकी नायिका रश्मिका मन्दानालाई खलनायक फहाद फासिलले मार्ने खबर बाहिरिएसँगै सामाजिक सञ्जालमा फिल्मबारे अनेकौं अड्कलबाजी सुरु भएको छ ।

कथा लिक भएको विषयमा फिल्मको टीम भने अहिलेसम्म मौन छ । टीमले अहिलेसम्म औपचारिक रूपमा कथा लिकको बारेमा नबोलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले धमाधम सुटिङ चलिरहेको फिल्म सन् २०२२ भित्रै प्रदर्शनमा ल्याउने निर्माण पक्षको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय