BREAKING
ईन्द्रावतीका शिक्षा शाखा प्रमुखको मनोमानी : जनप्रतिनिधी नै असन्तुष्ट | बैंकिङ कसुर मुद्दामा इन्द्रावती ५ का वडा सदस्य पक्राउ | राजस्व छलेर कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा | जुगलमा सुचना माग्दा उल्टै निवेदकहरुलाई मुद्धा दायर | माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेस प्रवेश | समाजसेवी अरुण लामाको पहलमा नमो बुद्ध आविमा शैक्षिक सामाग्री हस्तान्तरण | पालिका बाट दिएकाे बजेट भन्दा कम बजेट प्रदेशले वडामा दिएकाे छैन : सांसद तामाङ | झुक्याएर अनेरास्ववियुकाे अध्यक्ष बनाएकाे भन्दै पदबाट राजिनामा | मेलम्चीमा व्यावसायीमाथी दीन दाहडै हातपात : ज्यान मार्ने धम्कि | कांग्रेस महामन्त्री गगन थापा साउन ३० गते मेलम्ची आउँदै |

हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले यथास्थितिमा मेलम्चीको पानी राजधानी लैजान नदिने चेतावनी दिनुभएको छ ।

बाढीले क्षत विक्षत् भएको हेलम्बुलाई बेवास्ता गरी हेलम्बुको पानी मात्रै लैजाने सरकारी योजनालाई पूरा हुन नदिने अध्यक्ष शेर्पाले बताउनुभएको छ । हेलम्बुबाट पानी लैजाने तर हेलम्बुलाई परेका समस्या समाधानमा ध्यान नदीने प्रवृतीप्रती अध्यक्ष शेर्पाको असहमति छ ।

हेलम्बुका समस्या हल गरेर मात्रै पानी लैजानुपर्ने उहाँको तर्क छ । मेलम्ची खानेपानी आयोजनाबाट प्रभावितका लागि सञ्चालित सामाजिक उत्थान कार्यक्रम (सुप) स्थानीय सरकारमार्फत सञ्चालन गर्नुपर्ने, स्थानीयवासीले पाउने खानेपानीको ‘लेबी’ टुङ्गो लगाउनुपर्ने, स्थानीय बाढीपीडितलाई कम्तीमा प्रतिपरिवार २० लाख रुपियाँ दिनुपर्ने, बाढीले व्यवसायीको व्यवसाय पुनस्र्थापना गर्न सहयोग गर्नुपर्ने लगायतका माग पूरा नभएमा मेलम्ची पानी लैजान नदिने अध्यक्ष शेर्पाले चेतावनी दिनुभएको छ ।

खानेपानी मन्त्री उमाकान्त चौधरीलाई गत चैत २९ गते पालिकाले ११ बुँदे मागसहित ध्यानाकर्षणपत्र बुझाएको थियो । मेलम्ची खानेपानी आयोजनाको मुहान हेलम्बु गाउँपालिकाको अम्बाथानमा छ ।

आयोजनाको मुहानमा बाढी पस्ने खतरा भएपछि सुरुङ मार्गका ढोका बन्द गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय